जनताको छोरी हिजो जति सुरिक्षत थिईन आज पनि सर्बोच्च रास्ट्रपतिको सिहासनमा त्यति नै सुरक्षित छन

भिआइपीहरुको सुरक्षा पक्कै पनि रास्ट्र/सरकारले गर्नुपर्ला तर जब देशमा शान्ति सुरक्षा , समानता, बिकासले गति लिन पुग्छ तब नेतृत्वसंग जनताहरु खुसी हुन्छन जसले गर्दा न कुनै भिआईपी न कुनै ब्यक्तिको सुरक्षा यति धेरै अपरिहार्य रहन्छ। जहाँसम्म रास्ट्रपतिको सुरक्षाको खातिर सर्बसाधारणको सवारी आगमन नै बन्द गरि #एकलौटी_सडक बनाउने जुन बर्सौदेखिको सामन्ती रबैया झन तामझाम, झकिझकाउ र ढाटले हर्लक्क बढेको छ ।

जनताको छोरी हिजो जति सुरिक्षत थिईन आज पनि सर्बोच्च रास्ट्रपतिको सिहासनमा त्यति नै सुरक्षित छन तर हाम्रो जयजयकार र पाउ पर्ने पाखन्डी सोचले मात्र जनताकी छोरीलाई स्वयं राज्य संचालकहरुले अनावश्यक बदनामी गराउदैछन । हिजो जुन कुराको बिरोध र आक्रोसमा हामीले ब्यबस्था परिबर्तन गर्न ठुला ठुला आन्दोलन , युद्ध र त्याग गरयौ त्यही लिगेसीलाई अझ सशक्त र तामझाम गर्दैगर्दा के हामीले अर्को युद्धको कामना गरिरहेका त छैनौ ?? के इतिहासका गलत नजिरहरुलाई तोडेर आगामी दिनहरु सहज र जनतामैत्री बनाउन सक्दैनौ ??

हुन त रास्ट्रपतिबाट यो वाटो यस्तो गर्नु भनेर कासन गर्नु भएको होला भनेर म जस्तो सामान्य मान्छेलाई पनि बिश्वास लाग्दैन तर जनताका गुनासा सुन्न वा सुनाउन भनेर रास्ट्रपति कार्यलयमा गण नै खडा गरिएका हुलका हुल जागिरेहरु के निदाएकै हुन त ?? के सुनेपनि नसुने झै वा देखे पनि नदेखे झै गरेका हुन त ?? के यस्तो रबैयाले देशको सम्मानित सस्थाको गरिमा बढाउछ वा घटाउछ ??

काठमाडौ र पोखराका सडकमा भएका जनबिद्रोह ( सबारीचालकको ) अबज्ञालाई सामान्य घटना वा सबै प्रतिपक्षी(काङ्ग्रेस ) मात्र देख्ने दुस्साहस गरियो भने जनताको बिद्रोहको चेतना अझै बढ्नेछ सरकार । आक्रोशको आवाज झन प्रचण्ड हुनेछ । अझ शशक्त हुन सक्छ । थप एकीकृत हुन सक्छ । त्यसैपनि विपक्षीलाई मसला चाहिएको बेला सिलौटो नै दिने गल्ती नगरिओस ।
बेलैमा चेत खुलोस ।।

#सम्मानित सस्थालाई विवादमा नतानौ ।
एक नारायण पौडेल
भमनपा वाड न १३ चितवन