अन्ततः महानायक राजेश हमाल आउने भए प्रेम गीत ३ मा ,के भन्छन निर्माता सन्तोष सेन ?

नेपाली चलचित्र उद्योगका दुई चर्चित अभिनेता राजेश हमाल र प्रदीप खड्का एउटै चलचित्रमा देखिने सम्भाबना बढेको छ । पुरानो पुस्ताका चर्चित अभिनेता हमाल र पछिल्लो पुस्ताका सुपरस्टार प्रदीपलाई एउटै चलचित्रमा इन गराउन खोजिएको हो, तर फाइनल भने भएको छैन ।
आसुसेन फिल्मको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र प्रेमगीत–३ का लागी प्रदीप अनुबन्ध भैसकेका छन् । हमालले कुनै सम्झौता गरेका छैनन् । हालै चलचित्रका निर्माता सन्तोष सेन, लेखक छेतेन गुरुङ, अभिनेता प्रदीपले अभिनेता हमाललाई भेटेर निर्माणको तयारीमा रहेको चलचित्र प्रेमगीतको सिरिजका लागी प्रस्ताब गरेका थिए ।

काम गर्लान् त हमाल ?

झण्डैं २ घण्टाको भेटघाटको अन्तिममा अभिनेता हमालले ग्रिन सिंग्नल दिएका छन् । उनको यो सिंग्नलसँगै निर्माण टिमले पुराना लोकप्रिय अभिनेता हमाललाई भित्राएर चलचित्रलाई थप ब्लकवस्टर बनाउने सोँचमा छ । प्रेमगीत, प्रेमगीत–२ नेपाली चलचित्र उद्योगका सर्वाधिक मन पराइएका चलचित्र हुन् । प्रेम गीत–३ को मौखिक रुपमा कथा मन पराएको हमालले बताएका छन् । भेटमा कथा र पारिश्रमिकमा चित्त बुझेको खण्डमा हमालले काम गर्न सक्ने संकेत दिए । हमालको चाहना के हो भने अब आउने चलचित्र कुनैपनि हालतमा सफल हुनुपर्छ । पारिश्रमिक भन्दा पनि कथा बलियो भएको खण्डमा हमालले काम गर्न सक्ने अनुमान गरिन्छ । चलचित्र बागमती र सकुन्तलापछि अभिनेता हमालले अन्य प्रोजेक्टमा काम गरेका छैनन । उक्त चलचित्र छाया“कनका बेलामा जुन अपेक्षा गरिएको थियो त्यो भन्दा भिन्न चलचित्र बनेपनि हमाल केहि बर्ष चलचित्रमा काम नगर्ने भन्दै बसेका थिए । उनले आफै चलचित्र निर्देशन गर्ने सोँच समेत रहेको बताउ“दै आएका थिए । यो चलचित्रका लागी उनि आफै स्कृप्टमा समेत बसिरहेका छन् । हमालको हातमा अहिले आधा दर्जन भन्दा धेरै चलचित्रका स्कृप्ट छन् । आगामी दशैको छेकोमा छायांकन गर्ने तयारीमा रहेको प्रेमगीत–३ मा हमालले आफ्नो साथमा रहेका सवै स्कृप्टलाई पाखा काम गर्लान् त ? त्यो भने हेर्न बाकी छ ।

अनुबन्ध हैन, प्रयास हो

चलचित्र निर्माण टिम अहिले चलचित्रको स्कृप्टको काममा ब्यस्त छ । चलचित्रका लागी बाबुको क्यारेक्टरका लागी पाका पुस्ताको एकजना कलाकार आवश्यक परेको छ । सोहि क्यारेक्टरका लागी अभिनेता हमाललाई प्रस्ताब गरिएको हो । भेटमा हमालले आफु अझैं भ्रखरैको उमेरको जस्तो लाग्ने भएकाले कसैको बाबु बन्न सकिएला र ? भन्दै रमाइलो जवाफ दिएका थिए । उनले यो जवाफ दिएपछि नजिकै रहेका प्रदीप खड्का भने मुसुक्क हाँसे । चलचित्र निर्माण टिमले चलचित्रका लागी अहिलेसम्म कुनैपनि कलाकार फाइनल नभएको जवाफ दिएको छ । निर्माता सन्तोष सेनले भने, ‘अहिले हामी स्कृप्टको काममा ब्यस्त छौं, कुनैपनि कलाकार फाइनल भएका छैनन् ।’