महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत भिडियो सार्बजनिक

महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत भिडियो सार्बजनिक गरिएको छ । चलचित्रको गीत सार्बजनिक गर्दै चलचित्र प्रचार प्रसारमा उत्रेको छ । सार्बजनिक ‘सुनैको दरबार’ बोलको गीतमा मीना पोखरेल निरौलाको स्वर रहेको छ । निर्देशक आर. बि खत्री ‘शरद’ को शब्द रचना रहेको गीतमा संगीत दिपक शर्माको रहेको छ । छुल्ठिम डोल्मा गुरुङलाइ फिचर्ड गरिएको भिडियोलाइ राजीब समरले कोरियोग्राफी गरेका हुन् । निरज कंडेलले छायांकन गरेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

आर. बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् ।