२५ लाख संकलित रकम राषकोट बैक खातामा जम्मा गरेकि इशाले यसो भनिन !

स्कटनेपाल युके,

बिगत लामो समय देखी बेलायत बस्दै आएकि इशा गुरुङ्ग नेपालीको लागि सामाजिक अभियानमा सक्रिय छन् र उनि एक महिला सक्रिय सामाजिक अभियन्ता पनि हुन। बेलायतमा बसेपनि उनि नेपालीको दुख्ख कष्टमा सहयोग गर्न रातदिन लागि रहेकि छन् ।

इशा भनेपछि हजारौ सहयोगी मनहरुले दिल खोलेर सहयोगको हात बढाउने गरेको सर्बबिदितै छ । बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । अब त इशालाई दिएको पैसा पिडितको हातमा पुग्छ भन्ने सबैलाई विस्वास भइसकेको अवस्था छ ।

कुनै नेपालीलाई समस्या पर्दा उनि सामाजिक सञ्जाल मार्फत सामाजिक अभियान चलाएर सहयोग गर्दै आएकि छन् । इशा गुरुङ्गले बडिमालिका खबर सँग फोन मार्फत भनिन्, अभियान चलाउन लागेको १० बर्ष जति भयो, अहिले सम्म हजारौलाई सहयोग पुगेको वताएकि छन् । अहिले सम्म मात्र उनले २ करोड ५० लाख रकम संकलन गरेर पिडितलाइ हस्तान्तरण गरेको वताईन् ।

चर्चित नेपाली चेली इशा गुरुङ अर्का चर्चित पत्रकार रबि लामिछानेको समर्थक पनि हुन् ।
तर उहा रविको व्यक्तिगत जीवनको हैन, रबिले अहिले समाजको लागी निभाएको भूमिकाको चाहि समर्थक हुन् । अहिले रबि र उहाको टिमले राष्कोट अस्पतालको निर्माणको लागी अपिल गरे लगतै संसार भरी बाट सहयोगी मन हरु जुटी रहेको देखिन्छ र यसै संदर्बमा इशा गुरुङ पनि लागी परेकी छन् र उहाले अहिले २५ लाख संकलित रकम राषकोट बैक खातामा जम्मा गरेकि थिईन् । उनि संघ संस्था मार्फत पनि पिडितलाई सहयोग गर्ने गरेको वताईन् ।

इशाले भनिन् आफु जहाँ भएपनि हामी नेपाली हुँ, एक नेपालीलाई समस्या पर्दा किन अर्को नेपालिले सहयोग नगर्ने, सहयोग गर्नु नै हाम्रो दाहित्व भएको वताईन् । अझै पनि यस्ता थुप्रै सामाजिक अभियानमा लागि रहने वताईन् ।