प्राक्सिस इन्टरनेशनल एकेडेमीको २० औ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यतापुर्वक सम्पन्न

काठमाडौ महानगरपालिका वडा न ७ चुच्चेपाटीमा अवस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीको २० औ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यतापुर्वक सम्पन्न भएको छ ।

शनिवार पुर्व सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा विधालय प्रांगणमा सम्पन्न कार्यक्रममा प्राक्सिसले आफ्नो बार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिने विशिष्ट व्यक्तित्वहलाई सम्मान गरेको थियो ।

सम्मानीत व्यक्तित्वहरुमा प्रविधि अभियान्ता एवं राष्ट्रीयआविष्कार तथा अनुसन्धान केन्द्रका सस्थापक डा।।महावीर पुन लाइ ‘प्राक्सिस प्रविधि अभियान्त सम्मान २०७५’, विश्व साइकल यात्री लाई ‘प्राक्सिस साहसिक ब्यक्तित्व सम्मान २०७५’, नेपाली चलचित्र जगतका चर्चित नायक रमेश उप्रेती लाई ‘प्राक्सिस दिर्घ कलाकार सम्मान २०७५’, नृत्य निर्देशक महेश गोदारलाई ‘प्राक्सिस उत्कृष्ट नृत्य निर्देशक सम्मान २०७५”पत्रकार त्रय शिवशक्ती आचार्य लाई ‘ प्राक्सिस युवा पत्रकार सम्मान २०७५’ शेर बहादुर कार्की लाई ‘प्राक्सिस शिक्षा पत्रकारीता सम्मान २०७५ ‘ शोभराज बराल लाई ‘ प्राक्सिस सकारात्मक पत्रकारीता सम्मान २०७५’ चर्चित उत्प्रेरक वक्ता रविन कटुवाल लाई ‘प्राक्सिस उत्प्रेरक व्यक्तित्व सम्मान २०७५’ र नारायण प्रसाद पौडेल लाई ‘प्राक्सिस सामाजिक अभियान्ता सम्मान २०७५’ द्वारा सम्मानित गरिएको थियोे ।

उक्त समारोहका विशिस्ट अतिथिहरुमा पुर्व प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यय, एन प्याब्सन काठमाडौका अध्यक्ष विष्णु पराजुली र का म न पा वडा न ७ का अध्यक्ष शुद्ध कुमार डङ्गोल लगायत विभिन्न विधालयका प्रिन्सिपल , सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।सो अवसरमा बिद्यार्थीहरुले नृत्य , गायन,नाटक, योगा,मार्सल आर्ट ९कराते०,राइम्स लगायतका प्रस्तुति मार्फत उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा चर्चित गायक रुपक डोटेल, लोक गायक राजेन्द्र लामा, हास्य कलाकार राजेन्द्र गिरी९गुन्दुके० र स्माइल ब्याण्डको विशेष प्रस्तुतीले अतिरिक्त रौनकता थपेको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको मिस्टर एन्ड मिस प्राक्सिस र डान्स कम्पिटिसनको को ग्रान्ड फिनालेले सर्वाधिक दर्शकको मन तान्न सफल भएको थियो । जसमा अर्चाना मोक्तानले मिस प्राक्सिसको ताज पहिराउन सफल भइन भने मङ्लक्ष्मी राई र प्रतिस्ठा कटुवाल क्रमश फस्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका थिए। त्यस्तै मिस्टर प्राक्सिसको उपाधी मुकेश पान्डे हात पार्दा दिपेश श्रेष्ठले फस्ट रनर अपमा चित्त बुझाउनु परेको थियो।

डान्स तर्फ अनुसा तिमल्सिना,अनामिका श्रेष्ठ ,इरुसा श्रेष्ठ र डोल्मा शेर्पाले क्रमशः प्रथम, दिद्दिय, तृतीय र सान्त्वना स्थान मा विजय प्राप्त गर्दै पुरस्कार जित्न सफल भएका थिए । कार्यक्रमलाई भव्य र सभ्य सम्पन्न गर्न प्रत्यक्ष , अप्रत्यक्ष सहयोग पुर्याउने सबै सहयोगी हातहरुलाइ बिधालयका प्रिन्सिपल गेन्द्र लामाले धन्यवाद ब्यक्त गरेका थिए।