घर जलायो दैवले, छोरी जलायो पापीले कस्तो विजोग

गरिबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझ दु:ख दे ! प्रिय दर्शकबृन्दहरु यी हरफहरु धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरका देवनारायण रसाइलीको जिवनमा दुरुस्त लागु भएको छ।

१० बर्षिय बालिका बलात्कारको समाचार संकलन गर्न हामी देवनारायणको घर पुग्दा जीवन मै नभोगेको पिडा प्रत्यक्ष देख्ने मौका पायौं। मन भक्कानिएर आयो, आँशु थाम्न सकेनौं बोल्न लाइ शब्द नै भेटेनौं। गरिब हुनु पनि कति सारो अभिसाप रहेछ बल्ल मात्र थाहा भयो। छिमेकको बिहेमा रमाइलो हेर्न गएकी १० वर्षिया रेश्मालाइ चाउचाउ र फ्रुटीको प्रलोभन देखाइ पापीले नजिकैको उखुबारीमा लाग्यो। बोल्न नसक्ने रेश्मा अन्धकारमा अलिक पर पुगेपछि बेस्सरी चिच्याइन तर काट्न लागेको बोकोलाई कसले छाड्छ भनेजस्तै पापीले मुख थुनेर बलात्कार गर्यो। त्यतिमात्र नभएर अरुले थाहा पाउलान भनेर उनको घाटी थिचेर हत्या गर्यो अनि शव समेत जलायो।

सुस्त मनस्थितिका देवनारायणको एक मात्र छोरी थिइन् रेश्मा रसाइली। रेश्मा पनि पढ्नमा अब्बल भएपनि बोल्न भने सक्दैन थिइन्। देवनारायणले छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बुनेका थिए । सात वर्षअघि उनकी श्रीमतीले छाडेर गइन तर पनि उनले छोरीको मुख हेरेर अर्को विवाह गरेनन् । त्यस पश्चात लगत्तै आफ्ना बुवा कृष्णवीरलाई गुमाए । यहि साल पुसमा उनको एउटा सानो घर पनि आगलागीबाट खरानी भयो । अन्नपात, लत्ताकपडा, नगद सबै जल्यो । जलेको घरको वरिपरि जलेको अवस्थामा अनापातहरु यत्रतत्र छरिएका थिए। त्यतिमात्रले नपुगेपछि भएको एउटी सहरा १० बर्षिय छोरीलाइ पनि पापीले बलात्कार गरि जलाइदिएको छ। उनको आफ्नो भन्नु अब यो संसारमा ९० बर्षकी बृद्ध आमा बाहेक कोहि पनि छैन। गरिबलाई नै छानी छानी कस्तो दु:ख दिन जानेको ईश्वर तैले पनि। कतै मेरी आउछिन कि भनेर अहिले पनि देवनारायण बाटो तिरै आँखा तानेर हेरिरहन्छन । राम्रो सँग बोल्न त जान्दैनन् उनि तर उनलाई केहि बोल्न लगाउदा हाम्रो मन र आँखा आँशुले भरिएर आयो। छोरीको कुरा गर्ने बित्तिकै उनि भक्कानिएर रुन्छन।

घर जलेपछि भाइको घरमा बस्दै आएका देवनारायणलाई अहिले बिरामी पर्दा पानी तताएर खुवाउने छोरी पनि छैनन उनीसँग । नत बलात्कारीलाइ अहिले सम्म कुनै ठोस सजायँ तोकिएको छ नत देवनारायणलाइ कुनै संघ संस्था सरकारी निकायले राहत नै दिएको छ। सुर्तीको पात जम्मा गरि बेचेर जिबिकोपार्जन गर्दै आएका देवनारायण अहिले नितान्त एक्लो भएका छन्। उनको दिन र दशा देखेर हामीले मन थाम्न सकेनौं र समाचार संकलनार्थ गएका पत्रकारहरु बाट एक/ एक हजार जम्मा गरेर ४ हजार रुपैयाँ उनको हातमा राखिदियौ ताकि उनलाई यो विषम परिस्थितिमा केहि राहत होश भनेर। हुनत अब लाखौ पैसा दिएपनि रेश्मा फिर्ता हुने छैनन् तर केहि गरेर उनको घर फेरी पहिलाकै जस्तो बनाइदिन सके शायद हाम्रो पनि कर्तब्य पुरा हुन्थ्यो कि ? शायद मानव हुनुको धर्म पुरा हुन्थ्यो कि ? येही बिचारले हामी देवनारायणको घर बनाउ अभियान मा जुट्ने बाचाका साथ् काठमाडौँ फर्किएका छौँ। दर्शक बृन्दहरु यो भिडियो ३ करोड नेपालीहरु समक्ष पुराइदिनु हुन् हामी अन्तरात्मा देखि तपाइँहरु समक्ष बिनम्र अनुरोध गर्दछौं।