जिबित हुँदा अनेक अपमान, तिरस्कार र आरोपको महाभारत खडा गर्ने हाम्रो मानसिकता एकाएक मृत्युपछि उसैलाई देबत्वकरण गर्दै बिमानस्थलको नाम राख्न लालायित हुन्छौ किन ?

जनताप्रति उत्तरदायी नेतृत्वलाई मात्र सम्मान गरौ
यो हप्ता मौसम मात्र ओसिलो भएन आकास मात्र रोएन धेरै नेपालीहरुको आँखा पनि ओसिलो बन्यो मनपनि रोयो । हिजो बुबाको पालादेखि घोकाईएको बिकासन्मुख देश नेपाल मेरो पाला मात्र होइन नर्सरी पढ्ने छोरीलाई नि यहि सिकाउदैछौ थाहा छैन पशुपति शर्माले भने झै अझै कति पुस्ता यसको शिकार हुनु पर्ने हो ? थाहा छैन कति बर्षसम्म किताबका शिर्षकहरु फेरिने छैन ।

थाहा छैन अझ कयौं निराशाहरु बोक्नुपर्ने हो ? यहि निरासाको बादलभित्र थोरै भएपनी आसा, भरोसा र केही संभावना बोकेका युबा नेता रबिन्द्र अधिकारी गुमायौ । उनीसंगै अन्य छ जना पनि गुमायौ । बिद्यार्थी कालदेखी नै जोशिलो युबा जसले जनताका दुख, पिडा र समस्याहरु बुझेको मात्र होइन समाधान खाका सहितको पुस्तक निकाल्यो र भोलिको नेतृत्वको लागि आफुलाई तयार गर्दै थियो । तर त्यही जोशिलो युबा एकाएक चाहेर वा नचाहेर पनि वाईडबढिमा ढोकिन पुग्यो। उसको ढोकाई यति महँगो पर्यो कि सबैको आसा र भरोसा क्रमशः टुट्दै गयो ।

धेरै अपमान, गालीगलौज र आरोपको बर्षा गर्नेहरु मध्य कयौंले मृत्यु पश्चात उनलाई देबत्वकरण गर्ने कुचेस्ट्रा गरिरहेका छन । के यो उनिप्रतिको सच्चा सम्मान मान्न सकिएला । कदापि सकिदैन । वाइड्बढि काण्डसगै कुनै एक पत्रकारसंगको अन्तरबार्तामा देखाएको रबैया र हर्कतले (माईक तल धकेलिदिनुले ) जुन जोगि आए पनि कानै चिरेको भन्न सक्ने आधार खडा गरिदियो जसले गर्दा उनी आलोच्च हुन पुगे । हुनत उनी आफू माथी लागेको आरोपप्रती न कुनै तामझाम गरे न कुनै चर्को मिडियाबाजि गरे न त उल्लेख्य खण्डन नै ।

तसर्थ उनी आफुमाथी लागेको आरोपलाई आफ्नो मातहतको कामहरुबाट जनतालाई जवाफ दिन चाहन्थे । सफाई दिन चाहन्थे कि मप्रती लगाएका सबै आरोप केबल मिथ्या झुटका पहाडहरु हुन। तर बिडम्बना उनी आफुप्रती लागेका आरोपहरु पखाल्न नपाउदै यो धर्तिबाट ओझेल परे । हामीबाट अस्ताए । पोखरेली माझ ज्यादै लोकप्रिय र सालिन देखिने रबिन्द्र समृद्ध नेपालको सपना सायद उनिमा पनि थियो भन्न सकिन्छ।

अहिले उनको मृत्युपश्यात पोखरा बिमानस्थलको नाम रबिन्द्र अधिकारी बिमानस्थल राख्न विभिन्न पत्रपत्रिका र सामाजिक संजालमा आईरहदा केही कुराहरु मनमा उब्जिएको छ ।

जिबित हुँदा अनेक अपमान , तिरस्कार र आरोपको महाभारत खडा गर्ने हाम्रो मानसिकता एकाएक मृत्युपछि उसैलाई देबत्वकरण गर्दै बिमानस्थल , मेडिकल , क्याम्पस , बाटो वा बिधालयको नाम राख्न लालायित हुन्छौ किन ? के बिमानस्थलको नाम उनको नामाकरण गर्दैमा के उनिप्रति लागेको आरोप पखालिन्छ वा उनिप्रति सच्चा सम्मान हुन्छ ?? सम्मानको गरिरहँदा बिमानस्थलको नाम नै राख्नु पर्ने गरि नेपाली राजनीति र नेपाली समाजलाइ उनले के त्यस्तो के योगदान गरेका छन ?

स-साना बाईसे र चौबीसे राज्यमा बिभक्त राज्यलाई एकीकृत वा एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक भत्काउनुमा गर्व महशुस गर्ने हामी कुन अर्थमा र के का लागि बिमानस्थलको नाम नै परिबर्तन र उनको नामाकरको हनुमान चालिसा गाईरहेका छौ ?? सक्छौ भने नेपालको भुभागको लागि बैरिसंग पानी समेत नखाई लड्ने सहिदहरु पोखराको पृथ्वीचोकमै छिनमा ठडिने र छिनमै ढल्ने प्रबृत्तिको अन्त्यको आवाज उठाउँ ।

योगदानकै हकमा भन्ने हो भने नेपाल कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका र सामाजिक वृद्ध भत्ता र आफ्नो गाउँ आफै बनाउँ भन्ने सचेतनामुलक कार्यक्रमको अभियन्ता कमरेड भरतमोहन अधिकारीलाई यथेष्ट सम्मान गरौ जसले जे जति गरे राम्रो गरे नराम्रो गरेनन् ।

आज त्यसैको जगमा टेकेर पुर्ब एमाले (आजको नेकपा ) ले ब्याज खाईरहेको छ । उनैले कोरेको गोरेटोले आज कयौं बुद्ध बुबाआमाहरुको खल्ति मात्र भरिएको छैन थोरै भएपनी खुसिले मन पनि भरिएको छ । त्यसैले जनताप्रति उत्तरदायित्व भरतमोहन अधिकारी जस्ता नेतृत्वलाई सम्मान गरौ। उनको योगदानको कदर गरौ ।

यदि सम्मानको लागि कुनै बिमानस्थल वा सडक वा अस्पतालको नामाकरण गर्नु परे कमरेड भरमोहन जस्ता असल ब्यक्ती चुनौ ।
एक नारायण पौडेल
भमनपा वाड न १३ चितवन