आर्यघाटमा भए खरानी हेर्दाहेर्दै भरतमोहन !छोरीहरुले दिए दागबत्ती,आर्यघाटमा चल्यो रुवाबासी

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए।

नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।