बन्दी भारतीय pilot लाई रिहा गरेर इमरान खानले बडो जोडले बल्ला चलाए।

स्कटनेपाल,

आज भोलि चर्चामा देखिएको बिषय भारत पाकिस्तानको गतिबिधिहरु लाइ २ नेपाली पत्रकारको आ-आफ्नो बिस्लेषण फेसबुकमा यसरी दिनु भएको छ स्टाटस जस्ताको तस्तै तल हेर्न सक्नुहुनेछ ।

नृपेश उप्रेती,
बन्दी भारतीय pilot लाई रिहा गरेर इमरान खानले बडो जोडले बल्ला चलाए। बल हवामा नै उडिरहेको छ। यसलाई अहिले नै sixer मान्न चाहिँ म तयार छैन। बल boundary बाहिर गिर्छ की भित्र त्यो समयले तय गर्छ। किन की आतंकबादको सबभन्दा ठूलो जड पाकिस्तानमा छ। पछिल्लो समय इराक सिरिया अफगानिस्तान आदि देशहरुमा आतंकवादी संगठनहरु जन्मिए मौलाए। तर यसको जालो फैलिन पाकिस्तानबाट सुरु भएको हो र पछिल्ला समय ठूला ठूला आतंककारी घटनाहरु घटाउने संगठनहरु पाकिस्तानबाटै आफ्नो गतिविधिलाई मुर्त रुप दिदै आएका थिए र छन्। मुम्बई हमला होस या टुविनटावर ध्वस्त।

लण्डन अण्डर ग्राउन्ड आक्रमण होस या काठमाडौं बिमान अपहरण। यसमा पाकिस्तानमा रहेका आतंककारी संगठनहरुकै प्रत्यक्ष अप्रत्यक्ष संलग्नता छ। । कतिपय आत्मघाती हमलामा पनि पाकिस्तानको नाम मुछिदै आएको छ र पाकिस्तानका केहि मदरसाहरुमा पढ्नेहरुलाई जेहादको लागि brain wash गरिन्छ भन्ने कुरा समय समयमा मिडियामा नआएका पनि हैनन्। सरकार यसमा संलग्न नहोला । ठूला मुल्ला धर्मगुरुहरुको बाहुल्यता र बोलवाला रहेकोले देशमा सरकार केही गर्न नसकेर लाचार भएको होला। पाकिस्तान धार्मिक अतिवादले गाँजेको राष्ट्र हो। त्यहाँ आतंककारी संघसंगठन र आतंककारीहरुले आश्रय पाउँदै आएका छन। त्यहाँ पश्चिमा, भारत इसाई र हिन्दु बिरोधि भावना अत्याधिक छ। त्यसैले त्यहाँका जनता त्यस्ता संगठनहरु प्रती त्यति धेरै against मा छैनन्। हुन सक्छ सरकार त्यही भएर बिगतमा मौन थियो। त्यस्ता संगठनहरुकोको नियन्त्रणमा खासै केही गरेन। परिणाम पाकिस्तान आतंकवादी संगठनहरुकी लागि सुरक्षित भुमी बन्दै आएकोछ जुन नकार्न सकिन्न।

बिन लादेन पनि लामो समय पाकिस्तानमा नै थिए। कयौं यस्ता संगठनहरु त्यहाँ जन्मिए र त्यहाँबाटै आफ्ना कामहरु गर्दैछन्। जुन दिन यी संगठनहरु माथि इमरानले फतेह पाउने छन् अनि मात्रै अहिले उनेले प्रहार गरेको बल boundary बाहिर गएर sixer बन्ने छ। अहिलेलाई उनले एउटा clever shot मारेका छन्।

यच बी ताम्राकार,
इमरान खानले Indian Air Force (IAF) का पाईलट Abhinandan Varthaman लाई आज रिहा गरिदिए ।पाकिस्तानमाथी हमला गर्ने व्यक्तिलाई पाकिस्तानले राम्रोसंग ट्रेट गरे ।प्यारासुटबाट झर्दा कुन देशको ज़मीनमा छु भनेर अत्तोपत्तो नभएका पाईलटलाई पाकिस्तानी सेनाले मलमपट्टी लगायो , खान र बस्न राम्रै ठाउमा दियो ।मिडियामा उनको आवाज राख्न लगायो । चियावाला प्रधानमन्त्रीका देशका नागरिकको राम्रै सम्मान भयो । चिया खादै पाकिस्तानी सेनाको खुलेर प्रशंसा गरे । हिंसा होईन , सान्ति चाहियो भन्दै इमरानले बोलेको कुराले भारतियहरुको चेत खुल्यो ।

प्रधानमन्त्री मोदीको नियत गलत भएको धेरैले विश्वेषण गरे ।इमरान एक विश्वकै सम्भावना बोकेका राजनेताको रुपमा स्थापित भए ।भारतिय प्रधानमन्त्रीले चुनाव जित्न यस्तो गरेको हो भनेर भन्नेहरु पनि छन् ।भारतको ४० जना सेनाको मृत्यु हुनुमा पाकिस्तानको दोष नभएको र यसको सत्य कुरा के हो भनेर पाकिस्तान सहयोग गर्न तयार रहेको खानले जनाएका थिए ।मोदीले बदला स्वरुप Surgical Strike गराए । ३०० भन्दा बढी आतंकारी मारेको दाबी गरे । पाकिस्तानले गलत भएको दाबी गर्दै , आफ्नो जमिनमा हमला गरेको आरोपमा बदला लिने घोषणा गर्यो ।ईमरानले जवाफ दिदै भारतिय ज़मीमा हमला गरेरै छाडे । हिसाबकिताब बराबर ।

हाम्रो देश नेपालको कुरा नि थोरै जोड़े । नेपालमाथी भारतले हस्तक्षेप गर्दा पाकिस्तान नेपालको पक्षमा देखिएको विगतमा घटेका घटनाहरु जिवितै छन् ।नेपालको ज़मीन प्रयोग गरेर भारत र पाकिस्तानको आन्तरिक मामिलामा चिच्याउने मित्रहरु घटनाक्रमलाई राम्रोसंग नियाल्न आग्रह गरे।मोदीले नेपालमा आफ्ना सेनाहरु मनपरी पठाएको घटना सवैलाई थाहा छ होला । पाकिस्तान गरिव होला तर सैनिक ताक़त भारतियसंग जुध्नसक्छ भन्नेकुरा पाकिस्तानले गरेको पछिल्लो हमला र भारतिय पाईलट पाकीस्तानको कब्जामा रहेको संदेश नै प्रयाप्त छ मित्रहरु । नेपाल जस्तो गौरवशाली राष्ट्र भारत र पाकिस्तान जस्तो हुनुपर्छ भन्ने पक्षमा कदापी छैन् तरपनि आफ्नो देशको कुनैपनि भुभागमा विदेशी हस्तक्षेप भएको सहेर बस्नु हुदैन भन्ने कुराको ज्ञान आजको दिनमा सबैमा हुनु आवश्यक ठान्छु !!!