एउटी मुस्लिम समुदायबाट अगाडी बढेकी चेलीको यति ठुलो योगदान देश बिकासको लागी ! (भिडियो सहित)

स्कटनेपाल,

एउटी मुस्लिम समुदाय बाट अगाडी बढेकी चेली नेपाल आइडलको स्टेज बाट आफ्नो मिठो स्वर लाइ सारा नेपालीहरु माझ पस्कि सकेकी मोडल गायिका, समाज सेवी जन्नत खानको अहिले आएर यति ठुलो योगदान देश बिकासको लागी ।

प्रदेश नं.२ को शान मुस्लिम समुदायबाट आएकी जन्नत खानले विरगंज महानरगपालिका को विरोध गर्दै यस्तो जानकारी दिएकी छन। नेपाल आईडल सिजन २ को प्रतिस्पर्धामा छनौट भएकी जन्नत खानले सडक दुर्घटनाबाट बच्न र बचाउनको लागि विरगंज महानरगपालिकाका मेयर र वडा नं.२४ रमगढवाका अध्यक्षको ध्यान केन्द्रित गरेकी छिन् । सुख्खा बन्दर्गाहबाट पावर हाउस तर्फ आउने मुख्य सडकको बिचमा ३ मिटर लामो र एकमिटर चौडाई भएको सडक खाल्टोमा परिणत भएको सो खाल्टोमा हाल सम्म दर्जनौ सवारि साधन दुर्घटना र दुई दर्जन भन्दा बढि यात्रु र चालकहरु दुर्घटनामा परि घाईती भएका रामगढवाका स्थानीयहरुले बताएका छन् ।

यसै सन्दर्भमा समाजमा सेवा पुर्याउने जाँगर राखेकी जन्नत खानले वर्षाै देखी सडक टुटेको अवस्थालाई यथा सिग्रह निर्माण वा सिमेन्ट को प्लेट बनाई त्यो स्थानमा राखि दिएमा दुर्घटनाबाट जोगिन सकिने खान ले बताएकी छिन्। बाकी उनको लाइव भिडियो पुरा हेरी दिनु हुन आग्रह गर्दछौ

हेर्नुहोस भिडियो जन्नत खानको बिस्तृत जानकारी सहित :