सालको पात भन्दा कम छैन यो गीत!हेर्नुहोस फेरी धमाका पिट्ने चलचित्रका कलाकारले खेलेको आयो अर्को दोहोरी गीत-दर्शन छ निहुरेर(भिडियो सहित)

नेपाली लोक संगीतका होनहार गायक बिरही कार्कीको अर्को उत्कृष्ट मौलिक लोक दोहोरी गीत’दर्शन छ निहुरेर’बजारमा आएको छ।सुनखानी म्युजिकले बजारमा ल्याएको उक्त गीतमा बिरही कार्की र माण्डवी त्रिपाठीको आवाज रहेको छ।आफ्नो देश छाडेर बिदेशिएका कार्कीले आफ्नो कलाकारितालाई भने भुल्न सकेका छैनन्।उनि आमा गीतलाई पनि निरन्तरता दिने बताउछन।

चर्चित नायिका असिश्मा नकर्मी र रबिन्द्र प्रताप सेनको अभिनय रहेको भिडियोको निर्देशन भने चर्चित निर्देशक दिपेन्द्र तिमिल्सिनाले गरेका हुन्।एक बर्षको अन्तरल पछि बिरही कार्कीले उक्त गीतलाई आफ्नै अफिसियल च्यानल बिरही कार्कीबाट सार्बजनिक गरिएको छ। बिरही कार्कीको लय तथा शब्द रहेको गीतमा माया पिरतिलाई प्रतक्ष देखाउन खोजिएको छ।भिडियो हेर्नुहोस :