बाबुराम भट्टराईले रबिन्द्रलाइ श्रद्धाञ्जली दिदै लेखे यस्तो अतिनै भावुक स्टाटस!

डा बाबुराम भट्टराई नयाँशक्ति नेपालका संयोजकले हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटन मन्त्रि रबिन्द्र अधिकारीलाइ श्रद्धाञ्जली दिदै मार्मिक स्टाटस सामाजिक संजालमा लेखेका छन्। उनि लेख्छन:

‘अलविदा रवीन्द्र हाम्रो पुस्ताले तपाईंको पुस्तालाई जिम्मेवारी सुम्पेर जानुपर्नेमा विधिले उल्टो गर्यो । खेद छ! तपाईंलाई नेपाली इतिहासले सधैं सम्झीरहनेछ।’

‘हेलिकप्टर दुर्घटनामा परी दिवंगत हुनुहुने मन्त्री तथा होनहार युवानेता रवीन्द्र अधिकारी, अगुवा उद्यमीव्यवसायी आंगछिरिंग शेर्पा, क्यान उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र एरोड्रम इन्जिनीयरिंग विभाग प्रमुख ध्रुवदास भोछिभोया,उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र पिएसओ अर्जुन घिमिरे प्रति श्रद्धासुमन तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना’।

यो पनि हेर्नुहोला :
यदि तिमीहरुले हार्यौ भने म नेपाल फर्केर आउँदिन