मैले पहिलेनै भनेको थिएँ ठुलो अनिष्ट हुन्छ , मलाई सबैले हावामा उडाए भन्दै आए ज्योतिष अर्जुन छेत्री (भिडियो सहित)

फेसबुक लाइभबाट चर्चामा आएका र युट्युब च्यानलहरुमा गरेको भविष्यवाणीबाट भाइरल बनेका युवक हुन् अर्जुन क्षेत्री । उनले पहिले त आफुलाई ज्योतिष अर्जुन क्षेत्री भन्ने गर्दथे तर नेपालको ज्योतिष परिषदले अनर्गल भविश्यवाणी गरेको भन्दै माफी माग्न लगाएपछी ज्योतिष त्यागेर आफु केवल फेसरिडर रहेको घोषणा गरेका थिए ।उनले गरेका भविष्यवाणीहरु मध्ये एउटा भविश्यवाणी हो, माघ र फाल्गुन महिना भित्र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल र सिनामंगल वरिपरी ठुलो दुर्घटना हुन्छ ।

विमान वा हेलिकप्टर दुर्घटना हुन सक्छ भनेका थिए । दुर्घटना पनि भयो र भनेकै महिना भित्र पनि भयो तर त्रिभुवन विमानस्थलमा नभएर ताप्लेजुङमा भयो ।घटना लगत्तै अर्जुन क्षेत्रीले आफ्नो भविष्यवाणी मिलेको भन्दै एकाएक पुन: मिडियामा आएका छन । ज्योतिष परिषदका ठुला ज्योतिषीहरुले गल्ति गरेको भनेर माफी मगाए पछी अब मिडियामा अन्तर्वार्ता नदिने घोषणा गरेका अर्जुन क्षेत्रीले एउटा दुर्घटना हुन साथै पुन: मिडियामा आउनुले उनको बोलीको विश्वसनीयता भने नरहेको स्पष्ट हुन्छ ।