अनमोल केसी ‘क्याप्टेन’ को ‘रहर छ संगै’ बोलको गीत सार्वजनिक

चर्चित नायक अनमोल केसी स्टार फिल्म ‘क्याप्टेन’ को ‘रहर छ संगै’ बोलको गीत सार्वजनिक भएको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको रोमान्टिक गीतमा अनमोल र उपसना सिंह ठकुरी फिर्चड छन् ।

अर्जुन पोखरेलको रहेको गीतमा शब्द दिग्गज धौरालीले लेखेका छन। कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ ।

भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । नवराज उपे्रतीले खिचेका फिल्मलाई दिर्घ खडकाले सम्पादन गरेका हुन् । फिल्म फागुन १७ गते रिलिज हुँदैछ ।

हेर्नुहोस भिडियो: