मन्त्रि रविन्द्रको सफलताका पछाडि श्रीमती विद्याको यत्रो धेरै त्याग रहेछ , सबैको मन छुने भिडियो (भिडियो सहित)

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव लिएर सेनाको एमआई १७ हेलिकोप्टर काठमाण्डौंका लागि उडेको छ । सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर शव लिएर काठमाण्डुका लागि उडेको हो । मन्त्री अधिकारीसहित ७ जना सवार बुधबार पाथीभरा मन्दिर परिसरबाट उडेको हेलिकोप्टर एक मिनेटमै दुर्घटनामा परेको थियो ।

कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा बिहे भएका धेरै नेकपा नेतामध्येका थिए अधिकारी । तर, रविन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन सँगिनी विद्या भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन् । तला भिडियोमा हेर्नुहोला मन छुने त्यो कथा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.