हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्रि अधिकारि सहित सात जनाको शव परीक्षणका लागि त्रिवि अस्पतालमा (भिडियो सहित)

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ ।मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले घटना दुखद भएको भन्दै घटनाका बारेमा अध्ययन गर्दे दुर्घटनाको कारण पता लगाईने बताउनुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमास्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीले मौषमको खरावीका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभयो ।तल भिडियोमा हेर्नुहोला ।