मन्त्री रविन्द्र अधिकारीको यही थियोे अन्तिम सम्बोधन , हेर्नुस एयरपोर्टको बारेमा अन्तिम पटक यस्तो भनेका रहेछन (भिडियो सहित)

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उहाँको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ । बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कस्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो । दुर्घटना र उहाँको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना सत्य सावित नहोस् भन्दै कामना गरिरहेका थिए । कस्केलीको कामनाको अन्ततः केही लागेन, मन्त्री अधिकारीको निधन भएको पुष्टि भयो ।

कास्कीको भरतपोखरीे गैरागाउँमा जन्मेका अधिकारीप्रति यहाँका स्थानीयको धेरै आशा एवं विश्वास थियो । विकासप्रेमी अधिकारीकै पहलमा कास्कीमा विकास निर्माणका लागि पहल पनि उत्साहजनकरुपमा नै अघि बढेको थियो । मिलनसार र भद्र छविका रुपमा राजनैतिक व्यक्तिव बनाउन सफल भएकै कारण उहाँले कास्कीबाट लगातार तीनपटक निर्वाचन जित्नुभएको थियो । अन्तिम पटक सम्बोधन गर्नु भएको भिडियो तल हेर्नुहोला ।