पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु बिमान यस्तो अवस्थामा छ, एक पाइलट पक्राउ गर्यो (भिडियो सहित)

झापा । भारत र पाकिस्तानबीच अहिले सबन्ध निकै बिग्रिएको छ । दुई साताअघि भारतको पुलावामामा आतंकवादी आक्रमण भएपछि बिग्रिएको यो सम्बन्ध आज झनै चिसिएको छ । गएराती भारतीय वायुसेनाले पाकिस्तानी सीमाभित्र पसेर बम खसालेपछि यी दुईबीचको सबन्धमा झनै ठूलो दरार परेको हो । अहिले भारत र पाकिस्तानबीच युद्धको आशंका पनि गरिएको छ । यी दुई देशबीच १९४७ देखि नै कश्मिर विषयमा विवाद छ ।

मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।तल भिडियोमा हेर्नुहोला ।