एयरपोर्ट काण्ड, लुट्न सके लुट कान्छा पछी आयो अर्को मन छुने गित (हेर्नुहोस भिडियो)

लोकप्रिय संचारकर्मी रबि लामिछानेको नेतृत्वमा कालिकोट स्थित रास्कोट सामुदायिक अस्पतालको निर्माणको लागी स्कटनेपाले पनि यस अभियानलाइ अगाडी बढाएको जानकारी गराउन गएका छौ । प्रस्तोता निलमनी भण्डारी सुमुधुर स्वरमा उहाकै रचनामा केहि समय अगाडी रास्कोट सामुदायिक अस्पतालको लागि एउटा गीत पनि सार्बजनिक भएको जानकारी गराउन चाहन्छौ : प्रस्तोता निलमनी भण्डारीको आजको स्टाटस जस्ताको तस्तै ।

रवि लामिछाने ज्यू लाई मायाँ गर्नेले शेयर गरिदिनुहोला है?
आत्मा साक्षी राखी मन् वचन् र कर्मले सेवा गरौँ,

मानव सेवा नै माधव सेवा हो भन्ने यो सत्य वचनलाई आत्मासाथ गर्दै हामी हातेमालो गरेर अगाडी बढीरहेका छौँ!विगतका दिनमा पाँच रुपैयाँको सिटामोल समेत् नपाएर अकालमा ज्यान गुमाउनु परेको कालिकोट बासी जनताका समाचारहरु हामी सबैले प्रसस्त मात्रामा सुनेकै हो र हेरेकै हो! नेपालमा बेला बेलामा भईपरी आउने प्राकृतिक विपत्ति र विभिन्न भयानक रोगको शिकार बन्नुपर्दा महंगो हेलिकप्टर चार्टर गरेर काठमाण्डौ सम्म आउनुपरेको यो दर्दनाक पिडाले त झनै विक्षिप्तित् तुल्याउँछ!

तर आज यति लागेको छ,तीन करोड नेपाली जनताका रियल हिरो,सामाजिक अभियान्ता रवि लामिछाने ज्यू को अभियानमा कालिकोटमा राष्कोट सामुदायिक अस्पताल निर्माण हुँदैछ!यो अभियानमा सघाउनुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजु भाई दिदी बहिनीहरु प्रति हृदय देखि नै मेरो कोटी कोटी नमन छ!सहयोग सानो र ठूलो भन्ने कहिल्यै हुँदैन,थोपा थोपा मिलेर नै समुन्द्र बन्दछ!

राष्कोट सामुदायिक अस्पताल निर्माणका प्रमूख अभियान्ता रवि लामिछाने ज्यू ले चाल्नुभएको यो कदमलाई होस्टेमा हैंसे गर्दै साउदी अरेवियाको All Khaldi Compani Group मा कार्यरत आदरणीय दाजु बिष्णु अधिकारी ज्यू को अभियानमा उठेको रु,५०,६५६|- पचास हजार छ सय छपन्न रुपैयाँ रकम म माथि यति ठूलो विश्वास राखेर पठाई दिनुभएकोमा सर्वप्रथम त आदरणीय दाई बिष्णु अधिकारी ज्यू लगायत यो अभियानमा सघाउनुहुने सम्पूर्ण साथीभाई हरु प्रति मुरी मुरी धन्यवाद ज्ञापन गर्दछु!

आशा छ आगामी दिनमा हामी हातेमालो गर्दै हरेक अभियानमा सँग सँगै सहकार्य गरेर अगाडी बढ्ने छौँ!यहाँ हरुले म माथि अघात मायाँ र दृढ विश्वास गरेर पठाउनुभएको यो रकमलाई म चाँडो भन्दा चाँडो र जस्ताको त्यस्तै News24 को कार्यालयमा गएर रवि लामिछाने ज्यू लाई हस्तान्तरण गर्ने प्रतिबद्धता यही स्टाटस मार्फत् जाहेर गर्न चाहन्छु!यो महान अभियानमा सघाउनुहुने महान हस्तीहरुको नामावली र फोटो सहित सार्वजनिक गर्ने अनुमति चाहेँ धन्यवाद!

(१)बिष्णु अधिकारी,मोरङ्ग।, (२)शुकवीर राई,झापा।, (३)छविलाल वराईली,मोरङ्ग।, (४)मुकेश अधिकारी,मोरङ्ग।, (५)मीन कुमार भण्डारी,धनकुटा।, (६)बलराम परीयार,नवलपरासी।, (७)रमेश राई,संखुवासभा।, (८)पोषन परीयार,हेटौँडा।, (९)ख्याम गौतम,मोरङ्ग।, (१०)पदम कार्की,गाईघाट।, (११)हरी बहादुर लामा,हेटौँडा।, (१२)राजेश रामघाडे,ईलाम।, (१३)लाखमान तामाङ्ग,भोजपुर।, (१४)सूर्य गिरी,पोखरा।, (१५)हंश लिम्बु,सुनसरी।, (१६)नगेन्द्र आचार्य,मोरङ्ग।, (१७)धन कुमार राई,झापा।, (१८)टीकाराम खनाल,मोरङ्ग।, (१९)हरीराम रम्तेल,काभ्रे।, (२०)राजु धिताल,धादिङ।, (२१)धनवीर तामाङ्ग,काभ्रे।, (२२)हरी कार्की,झापा।, (२३)रत्न तामाङ्ग,मोरङ्ग।, (२४)शेर बहादुर रिजाल,चितवन।, (२५)नीरज लामा,हेटौँडा।, (२६)विनोद खड्का,चितवन।, (२७)दिपेन्द्र कार्की,मोरङ्ग।, (२८)मान बहादुर गुरुङ,चितवन।, (२९)देवराज कुँवर,हेटौँडा।, (३०)कुमार गुरुङ्ग,चितवन।

हजुर हरु सबै प्रति कोटी कोटी नमन र हृदयदेखि नै हार्दीक आभार प्रकट गर्दछु।