हेमराज बिसी निर्देशित फिल्म ‘दि ब्रेकअप’

हेमराज बिसी निर्देशित फिल्म ‘दि ब्रेकअप’ र युवा स्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को रिलिज ‘वार’ले यतिबेला सिनेनगरी गर्माइरहेको छ । ‘होस्टेल’ फिल्मबाट निर्देशनमा आएका हेमराजले उक्त फिल्मबाटै अभिनेताको रुपमा उदाएका अनमोललाई स्टार भनाएको सम्म चर्चा चल्छ । तर यो पटक दुबै जना एकअर्कामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

अनमोल स्टारर बन्नुको क्रेडिट तपाइँलाई जान्छ भनिन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा हेमराजले भने, ‘स्टार दर्शकले बनाउने हो कुनै निर्देशकले होइन, मैले अनमोललाई स्टार बनाएको होइन् ।’ आफुले भ्याएसम्म राम्रो फिल्म बनाएर दिने कोशिश गर्दै आएको भन्दै हेमराजले त्यो यात्रामा कुन कलाकारलाई माया दिने स्टार बनाउने भन्ने दर्शकको हातमा रहने बताए ।

आफ्नै निर्देशन रहेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’बाट डेब्यू गरेका अभिनेता आशिरमान देशराज जोशीसँग नै ‘दि ब्रेकअप’मा काम गरेर हेमराजले दोश्रो सहकार्य गरेका छन् । अनमोलसँग ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’मा काम गरेका हेमराजले फरक प्रसङ्गमा कामको हिसाबले भने आशिरमान प्रफेक्ट भएको दाबी गरे ।

दुबै अभिनेतासँग दोहोरिएर काम गर्नुभएको छ, अभिनयको अब्बलतामा कसलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा हेमराजले भने, ‘आइ विल गो विथ आशिरमान ।’ ‘व्यवहार दुबैको राम्रो छ, प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार काम दुबैले राम्रो दिनसक्छन्, हेमराजले थपे, ‘ग्याङ्गस्टर ब्लूजदेखि ब्रेकअपसम्म आउँदा आशिरले गरेको कामबाट आफु प्रभावित छु ।’

हेमराजले ‘होस्टेल’मा काम गर्दादेखि आजसम्म आफु पनि निखारिँदै आएको बताए । ‘अनमोलबाट ‘होस्टेल’ ‘जेरी’मा जुनप्रकारको काम निकाल्न सकेँ त्यो भन्दा राम्रो काम आज आशिरमानबाट पाएको भन्दै भोलीको दिनमा अनमोलसँग काम गर्दा त्यो भन्दा बेटर निकाल्न सक्नछु उनले भने, ‘समयक्रममा काममा निखारता आउँछ त्यसमा दोश्रो फिल्मसम्म आइपुग्दा अनमोलको भन्दा केहि बढि आशिरमानमा पाएको उनको भनाइ थियो । यो भन्दै गर्दा जवाफ फर्काउन गार्हो परेको हेमराजको भनाइ थियो । उल्लेखित दुबै फिल्म यहि फागुन १७ बाट प्रदर्शनमा आउँदैछन् ।