किन मन आतिन्छ ? : अमेरिकामा घर किन्ने बित्तिकै दर्जनौ बिल आउदा हामी किन झसङ्ग हुन्छौ

विजय थापा अमेरिका,
खाएको विष मात्र लाग्छ, नखाएको लाग्दैन भन्ने नेपाली उखान छ । तर अमेरिकामा घर नै किनी सकेको हुदैन, लाम लस्कर साथ एक बीजक पछि अर्को बिजक आएर हैरान पार्छ ।

२- ४ वटा बिजक हैन ,घर किने पछि औसतमा हरेक मानिसको घरमा कम्तिमा १० वटा मासिक रुपमा भुक्तान गर्नु पर्ने बीजक टुप्लुक्क आइ पुग्छ । नेपालबाट आएका र नया घरजम गर्नेलाई निकै आपत परे जस्तो हुन्छ । कति आएको होला भन्ने जस्तो पनि लाग्छ ।

यसो गर्दा घर नै नकिनौ कि जस्तो पनि लाग्न सक्छ । तर टाउकोलाई ओत लगाउनु पर्ने हुनाले एउटा छाप्रो जसरी भए पनि चाहिन्छ । अनि मानिसले नेपालमा भएका सम्पति बेचेर भए पनि एक घर किन्दछ्न । तर नेपाल जस्तो हुदैन । सबै कुरा उधारो पत्र ( क्रेडिट कार्ड ) घोटेर महिना दिन धान्नु पर्छ । जस्ले घर किन्छ ,पक्तिबद्ध भएर फरक समयमा घर ठेगानामा आई रहन्छ । यो क्रम आफूले घरको भोग चलन गरुन्जेल भुक्तानी गर्नु पर्छ ।

क्रेडिट डंकी डटकमको सर्वेक्षणका अनुसार अमेरिकामा मानिसले बिजुलीको विल को लागि मात्र प्रति बर्ष औसतमा बाइस सय ( $२२०० )डलर तिर्नु पर्छ । हामीलाई आश्चर्य लाग्न सक्छ त्यस मध्ये बाह्र सय ( $ १२०० )डलर केवल बिजुलीको मात्र तिर्नु पर्छ ।

१० बर्ष सम्म मात्र तपाईले $ २२ हजार डलर खुत्रुक्क आफ्नो गोजीबाट तिर्नु पर्छ । औसतमा हरेक महिना एक अमेरिकनले १ सय ४ डलर तिर्दछ । यसै गरि पानीको लागि औसतमा ७० डलर तिर्नु पर्छ भनि तथ्यांक छ ।

घर किन्ने बित्तिकै कम्तिमा १० वटा बिजकहरुमा क्रमस घरको ३० बर्षे किस्ता ,फोहर फ्याक्ने डिब्बादानी ,पानी ,बिजुली,दुरभास,अंतर्जाल ,काष्ठ सजावट सामग्री (फर्निचर ) घरको बिमा ,सवारी साधनको मासिक किस्ता ,सवारी साधनको बिमा ,आफूले चलाएको उधारो पत्रको मासिक भुक्तानी आदी इत्यादी गर्दा कम्तिमा १० वटा भुक्तानी तिर्नु पर्ने हुन्छ ।

कम्तिमा पनि २ सदस्यीय परिवार घर भएको घरमा २ वटा सवारी साधनको किस्ता ,बिमा र कम्तिमा एक जना संग ३ वटा उधारो पत्र (क्रेडिट कार्ड )हुनाले कम्तिमा वटा यि दुइवटा को मात्र भुक्तानी गर्दा र अन्य बिबिध जोड्दा दर्जनौ भन्दा ज्यादा पुग्दछ ।

यसै गरि औसतमा भान्छामा पकाउन लाग्ने इन्धन ग्यासको लागि औसतमा ८३ डलर मासिक तिर्नु पर्छ । बार्षिक रुपमा हेर्ने हो भने कम्तिमा $ ९ सय $ ९२ डलर तिर्नु पर्छ । जसको कमाई औसत भन्दा कम छ उसले कमाईको $ २० प्रतिसत भन्दा ज्यादा बार्षिक यस्ता उपयोगिता (यूटीलिटी )को लागि खर्चिनु पर्छ ।

साथै कुनै पनि घर बहालमा बस्दा कम्तिमा पनि $ १ सय ५० देखि $ २ सय डलर सम्म भुक्तानी गर्नु पर्छ । यसै गरि सामाजिक संजाल तथा मनोरंजन कार्यक्रम हेर्नको लागी कम्तिमा $ ६५ देखि $ १ सय ५० सम्म भुक्तान गर्नु पर्छ ।

औसतमा अमेरिकामा घर भाडामा कम्तिमा पनि महिनामा $ १३ सय ५० दिनु पर्छ । यसै गरि मासिक घर किस्ता स्वरुप कम्तिमा औसतमा $ ७ सय ८ तिर्नु पर्छ । यसै गरि घरको बिमा स्वरुप कम्तिमा $ ३ सय ५० देखि १ हजार डलर सम्म तिर्नु पर्छ ।

तपाईले आफ्नो घर किन्नु भयो भने कम्तिमा एक हजार ८८ डलर औसतमा तिर्नु पर्छ । अमेरिकामा ४ दशक देखि औसत घरको आकार १ हजार फिटले बढेको छ । र हाल अमेरिकामा औसतमा घरहरुको आकार २५ सय फित हुन्छ ।

अमेरिकामा औसतमा दूरसंचार( फोन) को बिजक कम्तिमा $ ७३ डलर तिर्नु पर्छ । अमेरिकामा कमाई पनि हुने हुनाले कमाई अनुसार खर्च पनि हुन्छ । मितव्ययिता पनि अपनाउन सकिन्छ । अमेरिका मै बस्नेलाई कमाई हुनाले फरक पर्दैन । तर नेपाल फर्कने मानसिकता राख्नेलाई अलिक अप्ठ्यारो हुन्छ ।

जो कोहीले पनि बिल आउने बित्तिकै भयभित हुनु हुदैन । तर अमेरिकामा जागिर हत्केलाको डिलमा हुने हुनाले दर्जनौ बिल आइ रहेको समयमा जागिर गयो भने आपत र मन आतिन्छ । तर जे पनि गर्छु र समस्या संग सामना गर्छु भनेमा यस्ता दर्जनौ बीजक आए पनि अमेरिकामा अवसर हुने भएकोले समस्याको समाधान हुन्छ ।

कर्म गर्न नचुकौ ! इमान्दारी होऔ । भगवानमा विश्वास गरौ ।