भर्जिनियामा गाडी दुर्घटनामा परि दुई युवाहरुको मृत्यु ,गो फन्डमा २१ हजार डलर संकलन : दुखद समाचार

बिजय थापा,

गत शनिबार फेब्रुअरी १६ तारिखका दिन अमेरिकाको भर्जिनियाको राजमार्ग २८ मा भयंकर दुर्घटनामा परि दुई जना होनहार दुई युवाहरुको घटनास्थल मै मृत्युको खबरले सबैलाई दुखित तुल्याएको छ ।

बिराटनगर निवासी ,हाल अमेरिकाको भर्जिनियाको भियनामा बस्दै आएका २८ बर्षिय एन्जिल थापा तथा स्व. थापाका प्रिय मित्र न्यू ह्याम्प शायर घर भै हाल भर्जिनियाको आर्लिंगटन बसोबास गर्ने २९ बर्षिय सुबिद सिंहको निधन भएको हो । स्व सुबिद भर्जिनियामा काम गर्थे भने उनि सेन्ट जेभियर स्कुलका पूर्व छात्र हुन् ।

गत शनिबार फेब्रुअरी १६ मा घटना पछि फेब्रुअरी १९ मंगलबारका दिन दाह संस्कारको लागि $ २० हजार डलर सम्म गो फन्ड खोलेकोमा अहिले सम्म २१ हजार डलर संकलन भै सकेको छ । उक्त रकम काल ८ घन्टामा उठेको हो ।

स्व एन्जिल आफ्ना माता पिता संग संगै भर्जिनियाको भियनामा बस्थे । बिराटनगरका मिन ब. गोदार थापा तथा बिमला गोदार थापाका जेष्ठ सुपुत्र एन्जिल गोदार थापा हुन् । यसै गरि सुबिद सिंहको अभिभावक न्यू ह्याम्पशायरमा बसोबास गर्ने स्व सुबिदका नजदिकका नातेदारले बताएका छन् ।

घटना पछि सामाजिक संजाल मार्फत समबेदना दिने नेपाली समुदायको ओइरो लागेको छ । शनिबार घटना पछि अर्कोको सोमबार अमेरिकाको राष्ट्रपति दिवस भएकोले प्रहरीले मृत्यु परान्त सम्बन्धि बिस्तृत जानकारी दिएको छैन । र भोलि सम्म आई पुग्ने नजदिकका नातेदारले बताएका छन् । र दाह संस्कारको गर्ने स्थानको खोजि भै रहेको छ भने छिट्टै प्रहरीले प्रतिबेदन बुझाए पछि निधो गरिने भएको छ ।

असामयिक ,अप्रत्यासित र अल्प आयूमा निधन भएको खवरले परिवार ,साथीभाई ,नातागोता इष्टमित्र ,छर छिमेकिमा ज्यादै दुखित भएका छन । शोक र पीडामा डुवेका छन ।

स्व एन्जिल अध्ययन तथा काम पनि गर्थे । गत शनिबार बिहान प्रारम्भिक चरणमा घटनास्थलमा पुगेका प्रहरीले उनीहरुको पहिचान गर्न नसके पछि सहायता गर्न समुदायलाई आग्रह गरेको थियो ।

प्रहरीका अनुसार गत शनिबार बिहान ४: २६ मा गाडी दुर्घटना परेको जनाएका थिए । भर्जिनिया राज्यको २८ राजमार्गको दक्षिण तर्फ निकास हुने म्याक लरेन मार्ग नजिक घटना घटेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार होन्डा सीआरभी कार अत्यधिक द्रुत गतिमा कुदाएको कारण युटिलिटी (बिजुली)को खम्बामा ठोकिएको हो । घटना स्थलमै गाडीमा आगो लागेकोले उनीहरुको सनाखत हुन् मुस्किल परेको स्थानीय संचार माध्यमले समाचार लेखेका छन् ।

ईनेप्लिज परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पुर्ण शोकाकुल परिवार तथा आफन्तजन्लाई यस दुखद घडीमा ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भनी प्रार्थना गर्दछ ।

https://www.gofundme.com/funeral-expenses-for-subeed-and-anjil?