दलित हुनाले पुस्कल शर्माले पाएनन् आफ्नी प्रेमिका सारिका,यसरी बचे मृत्युबाट

पुश्कल शर्मा धेरैको मन मुटुमा बस्न सफल निकै लोकप्रिय नाम हो यो । नेपाली गीत संगीतमा थोरै मात्र यस्ता कलाकार छन ति भित्र एक नम्वरमा पर्दछन पुश्कल शर्मा ।

आफुलेनै उत्कृष्ट अभिनय,निर्देशन,लय तथा शब्द सिर्जना गर्न सक्ने तेतीमात्र होइन निकै सुमधुर स्वरमा आवाज समेत दिन सक्ने लोकप्रिय गायक शर्माले पछिल्लो समय अभिनय र निर्देशन मार्फत पनि सबैको मनमा छुट्टै स्थान बनाउन सफल भएका छन ।

उनै बहुप्रतिभाका धनि लोकप्रिय गायक पुस्कल शर्माको समाज परिर्वतनको लागी कोशेढुङ्गा सावित हुने नयाँ गीत दलित भर्खर मात्र सार्वजनिक भएको छ ।

हाम्रो समाजमा जातियताको आधारमा विभेद गरिने चलन रहेको छ जुन कुरा कानुनीरुपमै गलत हो । आजको दिन सम्म आइपुग्दा पनि नेपालमा अझ पनि छुवाछुत र उचो निचोको भेदभाव हुँदै आएको कुरा सर्बविदितै छ । समाजमा रहेको यहि विकृतिलाई चिर्नको लागी शर्माले नयाँ गीत लिएर स्रोता दर्शक माझ आएका छन ।

दलित भनेर हेला गरेका एक युवाले उच्च जात भनिने युवतीसँग प्रेम गर्दछन अनि त्यो प्रेम सफल बनाउन आफ्नो बलिदानी समेत दिन्छ । यहि मुख्य विषयमा उनको पछिल्लो गीत केन्द्रित छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

पुश्कल शर्माको लय तथा शब्द सिर्जना साथै निर्देशन समेत रहेको गीतमा पुश्कल शर्मा र सारिका केसीको अभिनय देख्न सकिन्छ । शर्माकै य्ुउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतले धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्नेमा हामी आशावादी रहेका छौं,शर्माले गीत सार्वजनिक भए पछि हामी सगँ कुरा गर्दै बताउनु भयो ।हाम्रो तर्फबाट पनि शर्माको गीतलाई सफलताको लागी शुभकामना ।गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस अनि मन परे शेयर पनि गर्नुहोस: