हप्ता दिनमै दोहोरी गीत लालुमै १० लाखले हेरे,गीतका गायिका बिष्णु माझी र सन्दिप न्यौपानेलाइ टिक टकमा धेरै खोजि

लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै युटुबमा एक हप्तामै १० लाख दर्शकले हेरेका छन।दोहोरीको इतिहासमै छोटो समयमा सर्बाधिक हेरिएको पहिलो गीत हो लालुमै।सर्जक शिब हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका थिए।उनि भन्छन’सर्जकको च्यानलमा गीत चल्दैन भन्ने डर थियो अहिले डर हरायो अब भने हामी पनि टिक्ने आधार बन्दा खुसि छौ’।

गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप लामिछानेले दिएका छन् भने यस गीतमा शिब हमालका आफ्नै लय र शब्द रहेका छन् । गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् ।‘लालुमै‘’को कोरियोग्राफमा पनि विशेष ध्यान दिइएको छ । ग्रुपमा पनि धेरै मोडलहरू राखिएका छन् ।