रमेशराजले ववाल गरे सिद्धीमा, पन्तले चेपाङलाई सेन्टी वनाए

चितवन । संगितबाट कोही पनि अछुतो रहन सक्दैन । गीत संगीतमा नरम्मे कोही छैन् । वच्चादेखी वृद्ध सम्म गीत संगीतमा रम्ने गर्छन् । गीत संगितबाट चितवनको पहाडी क्षेत्रमा रहेका चेपाङ समुदाय शनिवार सिद्धीमा भरपुर मनोरञ्ज लिएको देखियो । उनीहरुलाई मनोरञ्जन दिलाएका थिए गायक रमेशराज भट्टराई र नेत्रजी पन्तले । यो अवसर जुराएको थियो सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले ।

सोसल इम्प्याक्टले सिद्धीमा संचालन गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम भन्ने परियोजना अन्र्तगत तेश्रो पुरस्कार वितरण समारोहमा भट्टराई र पन्तले उपस्थिती कालिका नगरपालिका १० र ११ का चेपाङ तथा अन्य समुदायलाई संगीतमा झुमाए ।

युवाहरुका माझ पछिल्लो समय निकै रुचाईएका लोक तथा आधुनिक गायक रमेशराज भट्टराईले सिद्धी तीन दोभान स्थित मझवाङ मावि परिसरमा आधा दर्जन गीत प्रस्तुत गरे । उनले ववाल गर्दै गीतको सुरुवात गरे । निकै चर्चा कमाएको ववाल भो भन्ने गीतबाट उनले सांगेतिक प्रस्तुती सुरु गरेका थिए ।

त्यसपछि मेरी नथियावाली,फिदा भाको छु,टेन्सन भयो यार,वेहुला वनाउँछु भन्थी वहुला वनाएर गई वोलका गीत प्रस्तुत गरिरहँदा चेपाङ समुदायका युवायुवतीहरुले नाचेर उनलाई साथ दिए । आधुनिक गीतमा झुमेका सिद्धीवासीहरु लोकदोहारीमा पनि झुम्न भ्याए ।

पुराना गायक नेत्रजी पन्त पनि के कम उनले पनि सिद्धीवासीहरुलाई गीतमा उफारे । सुरुमा सेन्टीमेन्टल गीत प्रस्तुत गरे उनले पनि आधा दर्जन गीत पीडादायी,मर्मस्पर्शी गीत गाए । चेपाङहरुले भोग्नु परेको समस्या,खान नपाएको समस्या गायक पन्तले मन छुने गरि गीत मार्फत प्रस्तुत गरे । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।