नेपाल्स लिटल स्टार २०१८ को ताज पहिरहन सफल भईन प्राश्ना थापा

काठमाडौं । सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको बिजेता बन्न सफल भएकी छिन प्राश्ना थापा । उनले बिजेताको ताज संगै मस्ट बिउटिफुल तथा बेष्ट डान्सको समेत उपाधि जित्न सफल भएकी थिइन् । त्यसैगरी आदर्श ठाकुर फर्स्ट रनरअप मस्ट पपुलर, मस्ट कन्फिडेण्ट, मल्टिमिडिया च्वाईस भएका थिए भने जुवान तामाङ सेकेण्ड रनरअप, मस्ट ह्यान्डसम, लुनिभा महर्जन थर्ड रनरअप मस्ट ट्यालेन्ट, बेष्ट प्रसनालिटिको उपाधि जित्न सफल भएका थिए ।

उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गरिएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन् । अभिभाबकहरुलाई समेत उपस्थित गराएर बालबालिकाहरुको मनोबैज्ञानिक तरिकाले उनीहरुको चौतर्फी बिकाशमा सहयोग पुग्ने तरिकाले प्रशिक्षण प्रदान गरिएको कुरा शाहले बताए ।

संचारकर्मी तथा कलाकार सुर्य चन्दको बिसेष आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा समाजसेवी कृष्ण देबकोटा, कलाकार नितु कोइराला, संगीतकार रेखा पौडेल तथा कलाकार युवराज केसरीको निर्णायक मण्डलीले बिजेताहरुको घोषणा गरेका थिए ।

प्रतिस्पर्धिहरुलाई उनीहरुको बाल मनोबैज्ञानिक पहिचान गरि आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलाइ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएको मोडल तथा कोरियोग्राफर आशिष मिश्रले बताए ।