बलात्कारीले उखुका पातलाई कपडाले जलाएर बलात्कार पछी मारेर खोलामा फाल्यो : सरु सुनार कडा आवाजमा उत्रिन (भिडियो सहित)

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन।

उनि भन्छिन :
पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार , हत्या , हिंसाका घटनाहरु दिनहुँ जस्तो घटिरहेका छन् , विशेष गरि दलित समुदायका महिला र बालिकाहरु नै बढी मात्रामा सिकार र हत्या भएको पाइएको छ ।

कालिकोटमा जनप्रतिनिधि महिला मना सार्कीलाई दलित भनी कुटिकुटी मार्नु , कैलालीमा माया बिकलाई सामुहिक बलात्कार गरि जङ्गलमा फालिनु , पोखरा पुम्दिमा श्रेया सुनारलाइ बलत्कार गरि हत्या गर्नु , बिराटनगर ११ बर्सिया गुडिया भन्ने रुममती परियारलाइ बलत्कार गरि मारेर खोलामा फाल्दिनु र फागुन १ गते धनुषाकि ११ बर्सिया रेस्मा रसाइलीलाई बलात्कार गरि जलाएर मारेको घटनाले अनुमान गर्न सकिन्छ कि अधिकास घटना दलित महिला र बालिकामा घटेको छ। संविधान र कानुन बने पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण र अधिकार र आत्मसम्मान खासै पाएको जस्तो देखिदैन ।

बाकी हेर्नुहोस यो भिडियोमा :