पुर्वदेखि पश्चिमसम्म पुगेर बन्दुकको नालको अघि पनि उभिएर हिंसा विरुद्ध बोल्ने आट मैले आफ्नै घरमा भोगेको हिंसा पछि बटुलेको हुँ

सगरमाथाकी छोरीको नाममा सामाजिक संजालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् । उनको ‘जयनारी’ सामाजिक संजालमा उत्तिकै चर्चामा छ । नारि बिशेष मुद्दाहरुमा जोडिएर नारि मुक्ति अभियानमै क्रियासिल देखिने सावित्री सुवेदी खुल्ला र स्पस्ट बक्ताको रुपमा चिनिन्छिन । पछिल्लो समय महिलामाथि हुने नारि हिंसा बिरुद्द खुलेर निर्धक्क बिरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् ।

बोक्सी पर्थाको चपेटामा पिल्सिएका नारि देखि बलात्कारका जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा खुलेर लागेकी युवा महिला सावित्री सुबेदीले हरेक बखत महिलाहरु पुरुषद्वारा बलात्कारको शिकार भैरहदा बलात्कारीलाई फाँसी दिलाउने अभियानको कसरतमा छिन । अहिले उनि एकाएक रबिलामिछाने विरोध गर्दै सामाजिक संजालमा उत्रिय पछी धेरै टिका टिप्पणी हरु देखा परेका छन् । उनले धेरै समय पछी एउटा स्टाटस आफ्नो फेसबुक वालमा पोस्ट गरेको हामी तपाईहरु लाइ जानकारी गराउन गैरहेका छौ ।
उनि लेख्छिन :

”अरुको आशुमा डुब्न, उनीहरुको दबाइएको आवाजको आवाज बन्न, पुर्वदेखि पश्चिमसम्म पुगेर बन्दुकको नालको अघि पनि उभिएर हिंसा विरुद्ध बोल्ने आट मैले आफ्नै घरमा भोगेको हिंसा पछि बटुलेको हुँ ।

म यस्तो समाजमा हुर्किए जहाँ छोरीले पनि छोरा सरह अंश पाउने, म बिहे गर्दिन भन्दा तिम्रो खुशी भन्नको साटो मेरो रहर विपरित बिहे गरिदिन चाहान्थे ।
ताकी पढाइमा, लुवाई खुवाइमा अरु चिजमा खर्च गर्न नपरोस, अरुका बाआमाले इन्डाइरेक भन्थे होलान ।
मेरा आमाबालाई मलाई सिधै मलाइ पढ छोरी भन्नको साटो बिहे गरेर घरबाट निकाल्न पाए मात्र सन्चो हुन्छ भन्थे।
यस्ले मेरो कलिलो मुटु यसरी टुट्थ्यो म कति पटक मर्ने प्रयास गरेर पनि बाचे ।
मैले कलिलै हुदा खपेको हिंसाले हिंसा विरुद्ध बोल्ने बनायो ।
यतीमात्र होइन मेरा कलिला बिगत कसरी कसरी बिताएं मेरो बाल्यकालको कति कहालिलाग्दो थियो र म अरुको आवाजको लागि निस्किए भनेर म कुनैदिन किताव नै लेख्ने छु ।
तर यतिबेला मेरा शुभचिन्तकहरुले बारम्बार सोधिरहनु भएकोले यति लेखे ।
अहिलेलाई आवाज बिहिनहरुको आवाज बन्न हातमा हात दिने सबैमा हार्दिक आभार
#जयनारी”