भावुक हुदै भने,’ पैसा चाहिदैन हामीलाई पढाईदिनुहोस् हामी पढ्न चाहान्छौ।‘ दैलेखका भाइरल ३ भाई काठमाडौँमा

भक्तपुर। दैलेखका तीनजना बालक जो अहिले सामाजिक संजालमा भाइरल भएका छन् उनीहरु अहिले काठमाडौँमा आएका छन् । कलाकार सम्राट चौलागाईले उनीहरु तिनै जनालाई काठमाडौँ ल्याएको हो । सानो उमेरमा नै गीत गाउन प्रतिको लगाव देखेर सम्राटले काठमाडौँमा उनीहरुको आवाजमा गीत रेकर्ड गराइदिन ल्याएका हुन् ।
दैलेखका भाइरल गायक भनेर यतिखेर चर्चित भैइरहेका बालकको नाम विकाश वादी, रबिन्द्र वादी र सुनिल वादी हो । विकाशले कक्षा ५ सम्मको अध्ययन गरेका छन् । घरमा ममी, बाबा दुइजना दाई, दुइवटा भाई र एउटा बहिनी सहित उनको घरको परिवारमा ८ जनाको सदस्य छन्। उनको आमा जालीको काम गर्छिन् । बुबा घरको मिस्त्रीको काम गर्छन्। विकाश परिवार पालन कै लागि गीत गाउदै हिड्छन्। रति १० बजे सम्म गीत गाएर फर्कन्छन् उनी घरमा ।

रविन्द्र वादीको कथा पनि उस्तै छ । आमा घरमा काम गर्छिन् । उनको बुबा बितिसकेका छन् । इन्डिया रोजगारीको क्रममा गएका उनी घर फर्किदा बाकसमा प्याक भएर आए। पुलबाट कसैले धकेलेर मर्देको रे भन्छन् रविन्द्र । त्यो अबोध बालकलाई आफ्नो बुबाको अनुहार कस्तो छ भनेर पनि राम्ररी याद छैन । उनको आमा जालीको काम गर्छिन् । उनले गीत गाएर कमाएको पैसाबाट नै घर खर्च चलेको छ उनको घरमा ।

सुनिल वादीको पनि कथा केहि कामको छैन । उनी भन्छन् ,’बाबा ममी बहिनी भाई म छौ घरमा । बाबा इन्डिया जानु भएको छ ममी घर मै हुनुहुन्छ ।’ उनको परिवारमा पनि आर्थिक संकट छ । खान लाउन नपुग्ने उनको परिवारमा उनीले गीत गाएर पैसा कमाए भने मात्र केहि खुसीको पल छाउछ । कमाएको ठेरथोर पैसाले उनि घरमा किनमेल गरेर लाग्ने गर्छन् ।

पढ्न रहर नभएको होइन यी तिन दाजु भाईलाई तर परिवारको आर्थिक अवस्थाले गर्दा उनीहरुको बालइच्छा मारिरहेको छ । परिवारमा खान नपुग्ने स्थितिमा उनीहरु विद्यालय जाउन कि पैसा कमाउन । उनीहरु कसैले पढाई दिए हामी पढ्छौ भन्छन् । दिनभरी गीत गाएर उनीहरु कहिले २०० त कहिले ५०० कमाउछन् ।

एकै स्वरमा ति तिनैजनाले भने ,’हामीलाई कत्ति पनि पैसा चाहिदैन हामीलाई पढ्न पाए पुग्छ । ‘ उनीहरुले थपे, ‘ तपाईकै साथसहयोगले अशोक दर्जीको जीवन फेरियो हाम्रो पनि फेरी दिनुहोस् । ‘ उनीहरुको हरेक शब्द शब्द कत्ति मर्मस्पर्शी छ । कोहि सहयोगी मन हुनेले यी बालकलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया पिएनपीमिडियाको कार्यालय अथवा हाम्रो फेसबुक पेज पिएनपीखबर डट कममा सम्पर्क गर्न सक्नु हुन्छ।

बाँकी हेर्नुहोस् भिडियोमा