‘भ्वाइस अफ नेपाल’ एनआरएन लगायत क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टको च्यारिटी कन्सर्टमा मिडल्याण्डबासीको सहभागिता यस्तो रहयो (नौमती बाजा भिडियो सहित)

स्कटनेपाल युके,

‘भ्वाइस अफ नेपाल’ कन्सर्ट क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट, एनआरएन यूके च्यारिटी विभागको आयोजनामा मिडल्याण्ड बर्मिङ्गघम त्यस क्षेत्रका नेपालीहरु उल्लेख्य रुपमा सहभागी भएका छन् ।

भ्वाइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जानकारी दिए । मिडल्याण्ड क्षेत्रमा क्रियाशिल १३ वटा नेपाली संस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

साझा नेपाली समाज, शान्ति नेपाली समाज बेलायत, सिर्जनशील लेस्टर नेपाल यूके, नेपाली समाज नटिंगहम, पिटरबरो नेपाली समाज यूके, डर्बी नेपाली समाज यूके, हाम्रो नेपाली समाज वुल्भरह्याम्पटन, गल्कोट नेपाली समाज यूके, नेपाल अप्रेस्ड पिपल्स सोसाइटी युरोप, लिभरपुल नेपाली समाज र मर्जिंग नेपसक्स लगायतका संघसंस्थाको कार्यक्रममा सहकार्य रहेको आयोजकले बताएको छ ।

कार्यक्रमका सहसंयोजक तथा एनआरएन यूके सचिव तारानाथ भन्डारी र सदस्य पवन शर्माले सन्चालन गरेको कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी प्रमुख अतिथि थिए। एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, आईसीसी सल्लाहकार डा हेमराज शर्मा, आईसीसी सदस्यहरु रामशरण सिंखडा र शान्ति कुँवर थापा लगायत अतिथिको रुपमा उपस्थित थिए ।

यसै गरी कार्यक्रममा नेपाली कांग्रेसका युबा नेता रबि प्रकाश राई तथा नेपाल तरुण दल सुनसरीका अध्यक्ष युवा नेता सिजन गुरुङ र क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टका निर्देशक धिरज राई अतिथिको रुपमा सहभागी थिए।

यसैगरी साझा नेपाली समाज अध्यक्ष महेश अधिकारी , शान्ति नेपाली समाज अध्यक्ष लिलाबहादुर थापा, नेपाली समाज नटिंगहम अध्यक्ष गोविन्द खरेल , पिटरबरो नेपाली समाज यूके अध्यक्ष शिव भण्डारी,डर्बी नेपाली समाज यूके महासचिव हरि भट्टराई, हाम्रो नेपाली समाज वुल्भरह्याम्पटन अध्यक्ष शिव खराल,सहित एनआरएन युकेका सल्लाहाकारहरु स्थानीय मिडल्याण्डबासी दयानिधि सापकोटा,रण बहादुर केशी कृष्ण ढकाल,कमल भण्डारी,प्रेम आले मगर,केशब भण्डारी,कमल पौडेल लगायत मिडल्याण्डस्थित हरि सापकोटा,गोकर्ण हुमागाई, कृष्ण पौडेल,राधा खरेल,मनिका हुमागाई लगायत सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाहरुको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुवेदी, एनआरएन आईसीसी उपाध्यक्ष आचार्य, एनआरएन यूके अध्यक्ष फगामी, महासचिव आरके त्रिपाठी, साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिलाबहादुर थापा लगायतले नेपालका प्रतिभाशाली युवा कलाकारहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म ल्याएर हौसला दिने कार्य प्रशंसनीय रहेको भन्दै यस अभियानमा जोडिएको एनआरएन यूकेलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमका संयोजक तथा एनआरएन यूके उपाध्यक्ष प्रेम गाहा मगरले बेलायतमा नेपाली कला र संस्कृतिको संरक्षण गर्ने, नेपालका युवा कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुति गर्ने अवसर दिने र एनआरएन यूकेको आपतकालीन कोषका लागि सहोग जुटाउने मुख्य उद्धेश्यहरुसहित कार्यक्रम आयोजना गरिएको बताए ।

उपाध्यक्ष गाहा मगरले हाल अस्वस्थ्य रहेकी एनआरएन आइसिसी सदस्य शान्ति थापा कुँवरलाई बेलायतबासी सम्पूर्ण नेपालीको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रमाणपत्र, पुष्पगुच्छा र दोसल्लासहित सम्मान गरेका थिए ।

एनआरएन यूकेको च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरको संयोजनमा विगतमा च्यारिटी डिनर विथ बक्सिंग शो र डिसाबिलिटी एड इभिनिङ्ग सम्पन्न भइसकेका थिए । बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टले बेलायतका विभिन्न ७ सहरमा प्रस्तुति गर्न भ्वाइस अफ नेपाल टिमलाई बेलायत ल्याएको हो । जसमध्ये बर्मिङ्गघमको शो एनआरएन यूकेले संयोजन गरेको थियो ।

ईन्द गुरुङ संयोजक रहेको बेलायतकै ‘प्राज्ना’ ब्यान्डका सदस्यहरुमा थिर थापा, दिपेन्द्र थापा, सुरज गुरुंग, प्रभास गुरुङ, सागर थापा, होसियर तामाङ र महेश गुरुङ छन् ।डिजे हेम बिस्टले संयोजन गरेको लाइभ ब्याण्डमा लगातार ३ घण्टासम्म कलाकाहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।

उनीहरुले लोक, आधुनिक, पप, रक सबै विधाका गीतहरुको बेजोड प्रस्तुति दिए। कार्यक्रमको सञ्चालन गर्न द भ्वाइस अफ नेपाल कै होस्ट सुशील नेपाल छन् भने बेलायतमै बस्दै आएकी कलाकार होस्ट सुस्मिता थापा छन्।

बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टले बेलायतका विभिन्न ७ शहरमा प्रस्तुति गर्न भोइस अफ नेपाल टिमलाई बेलायत ल्याएको हो । जसमध्ये बर्मिगहमको शो एनआरएन यूकेले संयोजन गरेको थियो ।

भ्वाइस अफ नेपाल यूके कन्सर्ट यसअघि फोक्सटन र फार्नबरोमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने अब लन्डनको फेल्थाम, प्लमस्टिड, रेडिंग र ननिटनमा आयोजना हुँदैछन् । तस्विर : टिका अधिकारी
लन्डन नेपाल न्युजको सहयोगमा

शान्ति नेपाली समाज बेलायत नौमती बाजाले गरेको स्वागत भिडियो पनि हेर्नुहोला :

बाकी फोटो हरु येहा हेर्न सक्नु हुनेछ