युकेमा बेजोड प्रस्तुती चर्चित गायिका देशु गोलेको

काठमाडौं। बिगत लामो समय देखी बेलायतमा बस्दै आउनु भएकी नेपाली गीतसंगीतमा सक्रिय रहेकी चर्चित गायिका देशु गोलेले युकेमा आयोजित सास्कृतिक कार्यक्रममा बेजोड प्रस्तुति दिएकी छिन् ।

२८५५ औ फा ल्हो सोनाम ल्होछारको अवसरमा तामाङ समाज युकेले आयोजना गरेको सास्कृतिक कार्यक्रममा गायिका गोलेले लेकैमा चर्ने लेकाली भेडी, माथी माथी सैलुङ्गेमा र फापर बारीमा बोलको गीत प्रस्तुत गरि भरपुर मनोरन्जन दिएकी थिइन साथै दर्शकहरु पनि उतिकै उत्सहित रहेका थिए ।

विदेशी भुमिमा बसेर पनि नेपाली भाषा सँस्कृतिलाई विर्सन नसक्ने गायिका गोलेले नेपालि साँगेतिक क्षेत्रमा दर्जनौ गीतहरु श्रोतामाझ ल्याइसकेकी छिन । उनको लोक प्रिय गीतहरुमा लेकैमा चर्ने लेकाली भेडी, तिमी संग बोल्दैमा, कहिले तिमी मेरो मनको राजा जस्ता बोलको गीतहरु रहेका छन ।

उनले सोनाम ल्होछारको अवसरमा एक अर्काबीच माया, सत्भाव र साथै सबैलाई नयाँ वर्षको शुभकामना दिएकी छिन । नेपाल र नेपालीको धर्म, संस्कृतिलाई विश्वसामु पुर्याउँदै देशको पहिचान स्थापित गराउनु सोनाम ल्होछार पर्व महत्वपूर्ण रहेको बताएकी छिन् ।

विश्वका सम्पूर्ण तामाङ समुदायमात्र नभई विश्वभर फैलिएर रहेका आम नेपाली समुदायहरु एक ढिक्का भई अघि बढेमा अन्य मुलुकका नागरिकको ध्यान केन्द्रित हुने देखिएको उनको भनाइ रहेको छ ।