अर्जुन क्षेत्री ज्योतिषी नै होइनन्, ज्योतिषको नाममा अफवाह फैलाउनेलाई कारबाही हुनेछ : ज्योतिष कमल पौडेल

पछिल्ला केही महिना देखि सामाजिक संजालमा भाइरल भएका युवा ज्योतिष अर्जुन क्षेत्रीबारे गण्डकी प्रदेशका नेपाल ज्योतिष परिषदका महासचिव कमल पौडलले कडा आलोचना गरेका छन्। उनले क्षेत्रीले अर्जुन क्षेत्रीले आफुले आफुलाई ज्योतिष भन्न नमिल्ने बताए।

केहि दिन अघि नेपाल ज्योतिष परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्जुन क्षेत्रीले माफी मागेका थिए। ज्योतिष अर्जुन क्षेत्रीको अभिव्यक्तिहरू सबै झुट रहेको र अर्जुन क्षेत्री कुनै पनि हिसाबले ज्योतिष नभएको दाबी पौडेलको दावी छ।

उनले भने, ”अर्जुन क्षेत्रीले गरेको भविष्यवाणीहरु शास्त्रगत विपरित छ। आगामी ज्योतिष विद्या नलिई ज्योतिषको नाममा यस्ता अफवाह फैलाउनेलाई हामी कारावही गर्नेछौ।” पौडलले आम जनमानसमा ज्योतिष शास्त्रलाई आधार मानेर विश्वसनिय ज्योतीषिहरुसँगमात्र सल्लाह, सुझाव र सेवा लिएर मार्ग निर्देशन गर्न सुझाव दिनुभयो।

हेर्नुहोस भिडियो