सकेसम्म आफु बसेको समाजको दुर्गन्ध आफै हटाउने कोसीस गरौ र हाम्रालाई होइन राम्रालाई सपोर्ट गरौँ

अर्जुन लम्साल, जापान

कमयुनिष्ट राज्य भएका देश बिश्वमा जम्मा ४ देशहरु मात्र छन् त्यसमा हालको नेपाल सरकारलाई कम्युनिस्टको सरकारको मान्यता भीत्र पर्न सकेको छैन तर के कारण बिश्वको सुचीमा नपरेको हो। एतीकै नेपाली जनता लाई नऊब्जीने बिऊको झुटको खेती रोपीरहेका छौ।

जनताले सुख सान्ति सास फेर्न सक्दैन पहीला बिस्वमा आधा भन्दा धेरै देसमा कम्युनिस्ट सरकार चलेको कुरा इतिहासले बताउछ हाल एउटा मात्र देश छ जहाँ कमनिस्ट सासन भए पनी बिकासको चुलीमा पुगेको छ जुन अपबादको रुपमा लीन सकीन्छ त्यो देश हो नेपालकै छीमेकी चाइना।

यहाँ हास्यास्पद कुरा त के छ भने आफु नेता बनेर ग़रीब जनताहरुको ट्याक्स बाट आएको पैसा महाभस्टाचर गरी आफ्नो र आफन्तको जीबन उज्यलो बनाई रहने सातै पुस्तालाई पुग्ने गरी पैसा जम्मा गरी रहने अनी जनताको बिचमा पुगेर भस्टचार नीर्मुल पार्छु भनी कुर्लिने त्यो पनी तोते बोलीमा ८४ बर्षको पुजा लगाई घरमा आरम गर्ने अबस्थामा नेताहरुले कुर्चि छाड्न नमान्नुको मेन कारण नै भस्टाचा रहेछ । यसरी हजारौँ जनाले चुसी रहदा बिकासका सम्रचना काहा बाट बन्ने….

यसै बिसयलाइ लीएर म यहाँ केही कुराहरु जोड्न चाहान्छु रेमीट्यान्सले धानेको देसमा बिदेश बाट फर्किदा आफन्त हरुलाइ लीएर गएका सामानहरु जफत गरी त लीलामी गर्नु फ़ेसबुक, टुईटर बन्द गर्ने निर्णय लीनु र एक गायकले गाएको गीत ‘लुट्न सके लुट कान्छा’ प्रतीबन्द लगाउनु बाम पन्थी भनीने सरकारलाई कतीको सोभनीय होला। यसो गर्नुका पछाडी आफ्ना सारा कर्तुतहरु जनता सामुन्य पुग्ने भयले। फ़ेसबुक रटुइटरबन्द गर्नुको कारण के हुन सक्छ भने अनलाइन मीडीया, प्राइवेट सन्चार माध्यमहरु सबै बन्द गरेर देखाउ सरकार अनी सरकारी सन्चार माध्यमा तीम्रै आफ्नै पाराले चलाउ कीनकी तीनका स्टेसनहरु राणाकालमा बनेका शीहंदरबार भीत्रै छन, त्यसभीत्र सर्वसाधारण जनताहरु जान सक्दैनन् तीम्रै राज चल्छ तीमीलाई जस्तो समाचार पढ्न मन लाग्छ र पढाउन मनलाग्छ र कस्तो संगीतहरु सुन्न मन पर्छ त्यही आफ्नो प्रसंसाको समाचार सुनेर सीरानी अग्लो बनाएर सुते भैहाल्यो । यो मेरो मात्र मनसाय नभएर करोणै जनताको आवाज़ हो होईन भने जनता सडकमा ऊत्रीनु बाहेक अरु बिकल्प छैन…..

नोट : सकेसम्म आफु बसेको समाजको दुर्गन्ध आफै हटाउने कोसीस गरौ र हाम्रालाई होइन राम्रालाई सपोर्ट गरौँ।