अस्ट्रेलियाको मेलबोर्नमा उद्घोषण तालिम सम्पन्न

अन्तरास्ट्रीय नेपाली कलाकार समाज अस्ट्रेलिया (INAS , Australia ) तथा मेलबोर्न नेपलिज कम्युनिटी वेस्ट ( MNC West ) को संयुक्त आयोजनामा फेब्रुअरी सोह्र तारिखका दिन 180 Gaffney Street , Coburg North मा अबस्थित Coburg North Meeting हलमा व्यक्तित्व बिकास गर्ने उदेश्यले एकदिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
अस्ट्रेलियाको इतिहासमै नेपाली संघ संस्थाहरुबाट आयोजित अहिले सम्मकै पहिलो यस उद्घोषण तालिममा अठार जना बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु लगायत नयाँ जेनेरेसनका नेपालीहरुले निक्कै उत्साह पुर्बक सहभागिता जनाएका थिए ।

उद्घोषण तालिमका प्रसिक्छ्यक तथा मुक्तककार सुशील चालिसेले तालिममा उद्घोषकले कुनै पनि कार्यक्रम संचालन गर्दा सहि र उपयुक्त तरिका अपनाएर संचलान गर्दा सुनमा सुगन्ध थपेझै हुन्छ भन्दै उद्घोषण कलाका बारेमा जानकारी गराउनु भएको थियो । तालिमकै क्रममा उद्घोषण कलाको बिकास, इतिहासक्रम, यसको महत्वका बारेमा प्रकाश पार्दै उद्घोषकका साथै अन्य बक्ता भएर कसरी बोल्ने लगाएत कार्यक्रमको तालिका बनाउने बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

आयोजक संस्था मध्येका एक MNC West का प्रेसिडेन्ट शंकर थापाले उद्घोषण तालिमको आयोजना गर्न पाउदा निक्कै गर्बको महसुस भएको छ र यस्ता खालका कार्यक्रमहरु आगामी दिनहरुमा गर्दै जाने प्रेरणा पनि मिलेको बताउनु भएको थियो । यस्तै कार्यक्रमका संयोजक INAS अस्ट्रेलियाका राज अधिकारीले तालिममा सहभागीहरुको उलेख्य उपस्तिथीले अझ बढी साथ् र हौसला मिलेको बताउदै अझ अगाडी बढी नेपाली समुदायहरुलाई बिभिन्न सहभागीयता मुलक कार्यक्रमहरु आयोजना गर्दै जाने बताउनु भएको थियो ।

उद्घोषण तालिमका सहभागीहरुले यस तालिमबाट आफुहरुले धेरै नयाँ तरिकाहरु सिक्न पाएको र अबका दिनमा कार्यक्रम संचालन लगायात जे जस्तो बक्ताको दाइत्व निर्बाह गरि कसरी सार्थक रुपमा बोल्नु पर्ने ज्ञान प्राप्त भएकोमा धेरै खुसि ब्यक्त गरेका थिए साथै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि संचलान होस् भन्ने कामना गरेका थिए ।
आयोजक संस्था INAS अस्ट्रेलिया तथा MNC वेस्टका अनुसार छिटैनै एउटा कार्यक्रमको आयोजना गरि तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिने जानकारी गराउनु भएका थिए ।