गायक भुवन प्यासीको निकै मार्मिक गीत ‘माईली’ मा अन्जली अधिकारी (भिडियो)

स्कटनेपाल,

गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासीको नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘माईली’ बोलको निकै मार्मिक गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ ।गीतमा भुवन प्यासीलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् ।

परदेशमा काम गरेका श्रीमानले आफ्नो श्रीमतीको सम्झनामा झारेको आँशु र वेदना भिडियोमा देख्न सकिन्छ ।निकै मार्मिक गीतको भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अन्जली अधिकारीको अभिनय रहेको छ ।गीतमा अन्जलीसगै गायक प्यासीको पनि अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। उत्तम हुमागाईको छायांकन रहेको यस गीतमा सन्तोष सुनारको ड्रोन चलाएका हुन् । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।
हेर्नुहोस भिडियो :