पशुपतीलाई खुला–पत्र : हिक्मत भए सत्य मरेर पनि बाची रहन्छ

टिकाराम वली,

आदरणीय र प्रिय होनहार र चर्चित कलाकार पसुपती शर्मा सधैं यसरी नै तपाईंको मार्मिक गित बजि रहोस् सफलताको सुभकामना कामना । कलाले भरिपुर्ण आदरणीय दाइ तपाईंको मार्मिक गित अहिले लाखौं मान्छेको मन मस्तिष्कमा घुमिरहेको छ ।सबैले माया संमान र अहिलेको परिवेश अनुसारको गित निकै मार्मिक छ ।

हो आदरणीय दाइ समृद्धका भासण धेरै पटक सुनेका छौ ।धेरै पटक सरकार चलाउने पात्रहरु पालैपालो गएका छन् ।साच्चिकै तपाईंले गित मार्फत व्यक्त गरेका सब्द र भावले ति पात्रहरुले कस्तो देश बनाएका छन् भन्ने गहिरो प्रश्न सहितको सवाल उठेकोको छ। सरकारके चाहने हो भन्ने देश कहाँ पुग्छ नेतृत्व भनेको आँट, साहस र हिम्मत भएको हुनुपर्छ ।आज चिन कहाँ पुग्यो ? भारत कहाँ पुग्यो ?त्यही बिसाल देशको बिचमा भएको सुन्दर देश तपाईं हाम्रो अँखा अगाडि लुटिएको छ ।सिमाना मिचिएको छ ।भ्रष्टाचारले सिमा नाघेको नाघी छ ।अनि तपाईं हामी तिनीहरुको भक्त बन्नु पर्ने ? नराम्रो गरेपनि सहि छ भनेर गित गाउनु पर्ने ? हो यतिबेला तपाईं माथि हजारौं धम्की र विभिन्न तर्क र बितर्क आएका होलान् ।डराउनु पर्ने कुनै कारण छैन ।सत्य सधैं सत्य नै रहेकोे हुन्छ । सत्यले सधैं सबैको मन मस्तिष्कमा पुगेको हुन्छ ।


तपाईंले देशको बारेमा गाउनु भएको गित कसैले बिरोध गर्नु पर्ने ठान्दैन ।अहिले भएकै यस्तै छ । सिङ्गापुर,चिन,मलेसिया, दुबै,कतार, साउदीहरु कति समृद्ध छन् त्यो हामिलाई भन्दा हाम्रो नेता ज्युहरु बढी घुमी सक्नु भएको छ । हामी सगरमाथा भएको देशमा छौ जहाँ विश्वको आकर्षण केन्द्रको रुपमा परिचीत छ ।

हामीले बिश्वकै शक्तिशाली देश नेपाल होस् भनेर कल्पना गर्दा गर्दै तपाईंले गितमा व्यक्त गरे झैँ कान्छाहरुले लुटिसके । तपाईंको मार्मिक गित हेरेपछि निकै बेर भावुक भए । अनि तपाईं माथिका केहि आरोपहरु देखेपछि । तपाईंको नाममा दुई चार सब्द पोख्न मन लाग्यो। जनताहरु एउटा सिटामोल नपाएर मर्नु परेको समाचारहरु कयौं पटक सुनेको थिए। भ्रष्टाचारका घटना कयौं पटक आएका थियो । हो आदरणीय दाई पसुपती शर्मा साच्चिकै समृद्ध नेपाल लुटेर खानेहरुको धकी देखी डराउनु प्रदैन । हिक्मत भए सत्य मोरेर पनि बाची रहन्छ ।

तपाईंको आवजहरु गित मार्फत सधैं यसरी नै व्यक्त भै रहोस् ।लाखौं मान्छे तपाईंको साथमा रहिरहने छौ ।धन्यवाद ।