युटुब बाट गित हटे लगतै ”वाह सलाम छ पशुपती शर्मालाइ तपाईंको साथमा सारा नेपाली छन्” भन्दै आयो यस्तो म्यासेज

स्कटनेपाल,

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार फेसबुक वालमा लेख्नु हुन्छ :

पशुपति शर्माले भने “लुटन सके लुट कान्छा अरु देशमा पाइदैन नेपाल मै हो छुट “। बोलको गित शनिबार राती नै पशुपति शर्माले आफ्नो युटुब च्यानलबाट हटाएका छन् ! हटाइसके पछि आफ्नो फेसबुकबाट एउटा बिज्ञप्ति समेत निकालेका छन् जसबाट प्रष्ट हुन्छ कि राजनीतिक दबाब र धम्कीबाट नै उनले उक्त गित हटाउन बाध्य भएको हो भन्ने कुरा । यो लोकतन्त्र हो , र जनताको चाहना भावनालाई संमान र बुझ्न् सकिएन र जनताले आफ्नो स्वतन्त्रता र अधिकार प्रयोग गर्न पाउदैनन् भने लोकतन्त्रको परिभाषाले कहिले छुन्छ ? अर्को कुरा पशुपति शर्माले कहि निर पनि झुटो र कुनै आरोप लगाएको गितमा देखिदैन !! किन एउटा नेपाली युवाले, एउटा नागरिकले ३३ किलो सुनकाण्ड, निर्मला पन्तको हत्यारा, वाडबडि काण्ड ,भस्टचार गरि घर गाडी किन्नेहरुको बारेमा जिज्ञासा् राख्न नपाउने हो ?? भिआपिहरुले चढने हेलिकप्टरको मूल्य बोल्न नपाइने हो ?

आफ्नै आखाले देखेका छौ हामी जनताले सुत्केरी ब्यथा लाग्दा नजिक अस्पताल र बाटो नहुदा डोकोमा बोकि अस्पताल पुराउन नपाउदै बाटोमा गर्भवती नारिको मृत्यु भएको , सिटामोल नपाएर ओछ्यानमा पल्टिने हजुरबुबाहरु हामीले नदेखेको होईन , हरेक दिन गरिबिले उपचार गर्न नसकेर हस्पिटलको बेडमा छट्पटीएका नेपालीलाई सरकार भन्दा नेपाली दाजुभाइले सहयोग सकलन गरि बचाइरहेको छन् ।

पशुपति शर्माको यो गितलाइ प्रतिबन्ध लगाउनु भनेको सरकारले आफ्नो कमजोरीलाई छोप्न खोज्ने मात्र नभै नेपाली सचेत युवालाई पुन एकपटक ब्युझाएको पनि हो
बरु सरकारले मनन गरोस् , अब पशुपति शर्मा जस्ता गाएकले फेरि यस्ता गितहरु रच्न बाद्य नपारियोस ।

जनताको अभिमत र भोटबाट जितेर कुर्सिमा पुगे पछि जनताको दुख पिडालाइ बेवास्ता गरि ठुला ठुला भस्टचार , दलाली , सुनकान्ड हरेक घटनामा मुछिएका ब्यक्ती ठुला ठुला माछाहरु नै देखिएको हुँदा , एउटा सचेत युवाले व्यंग्यात्मक तरिकाले सत्य कुरा गितको माध्यमबाट उठाएको हो / जुन साढे तीन करोड जनताले वाह सहि हो भनी मनपराएको देखीयो ।

तर ३ दिन नबित्दै उनको गितलाइ प्रतिबन्ध लगाइयो ! यो अत्यन्तै दुखद कुरा हो । यहि जनताले भोट दिएर जिताएर पठाए तर उहीँ नेतृत्वले जनताको भावनालाई बेवास्ता गर्दा देशमा नेपाली जनताले भोगेका समस्या र सास्ती र सरकारलाई ध्यानाकर्षण गराउदा गित नै प्रतिब्न्ध ?? के नेपालमा हामी जनता देशका ठुला ठुला दलाल , भस्टचारीहरुको विरुद्ध आवज उठाउन , लेख्न गित गाउन नपाउने ?? बिदेशमा रगत पशिना बगाएर ल्याएको 2 ओटा मोबाईल र दुईटा घडी आफ्नो बाउलाइ ल्याइदिदा एयरपोर्ट मै जफत भएको छ । तर बाहिर २० रुपैया पर्ने पानीको बोतल र एक कप कफिलाइ रु १०० तिरी पिउनु परेको छ । तर बिदेशमा कति हाम्रा नेपाली दाजुभाइका मरेका लास नेपाल ल्याउन नसकेर सडेका छन् , कयौ नेपाली बिदेश मै विभिन्न झुटा मुद्दामा जेल परेका छन् खोइ त तिनिहरु कति आए नेपाल?? अब कुनै पनि भस्टचारी , दलाल , लुटको खेती बारेमा कुनै सचेत नागरिक अनि एउटा कलाकारले गित गाएमा प्रतिबन्द नै लगाउनी हो भने , नेपाली जनताले के अपेक्षा गर्नी हो ?? पशुपति शर्माको गितबाट सिङ्गो दुइतिहाइको सरकार नै तर्सिनु र हल्निनु पर्ने मलाई लाग्दैन किन कि अब हरेक युवा र नागरिक सचेत भैसकेका छन् , दुध र पानी छुटाउन सक्ने भैसकेको छन् । पशुपति शर्मालाई सलाम छ साढे तिनकरोड नेपालीको जनभावना अनुसार गित गाएकोमा तपाईंको साथमा सारा जनता छन् बरु तपाईं जेल जान तयार हुनुपरथ्यो तर युटुबाट गित हटाउन हुने थिएन ! तपाईं सगै हजारौं युवा जेल जान तयार छन् तपाईं एक्लो हुनुहुन्न !! लोकमानसिङ , लाजनारायण जस्ता घुसबाहादुर के झुटा थिए र? समसामयिक विषय र घुस , भस्टचारीको विरुद्ध सर्जकले सिर्जना गर्दा , गित गाउदा ८ रेक्टरको भुकम्प नै गएछ दुइतिहाइको बहुमत भएको नेकपाले नेतृत्व गरेको सरकारमा एउटा गितले । गितलाइ प्रतिबन्ध होईन बरु सचेत र मनन गर्दा राम्रो हुन्छ , कति जनाको गितलाइ मुख थुन्छौ सरकार , कतिजना कलाकारको सिर्जनालाई प्रतिबन्ध लगाउछौ ।

यहि पाराले हो भनी अब धेरै पशुपति शर्मा जन्मिने छन् । यो गितलाइ प्रतिबन्ध लगाएर राजनीतिक दलले आफ्नो कमजोरीलाई ढाक छोप गर्न लागेको मात्र होईन ,, सारा नेपाली युवालाई एक पटक ब्युझाएको छ ।

वाह सलाम छ पशुपती शर्मालाइ ,,
तपाईंको साथमा सारा नेपाली छन् ।।

(सरु सुनार संचारकर्मी)