बोली नफुट्दै मादलमा सबैलाई चकित बनाउने कला , रियाजको अद्भुत कला देखेर सबै छक्क परे (भिडियो सहित)

दमक झापा । चर्चित बालगायक अशोक दर्जीको गृहनगर झापामा अर्का अदभूत क्षमताका बालक भेटिएका छन् । झापा दमक निवाशी हेमन्त रिजाल र कमला खनाल, रिजालका ४ वर्षिय छोरा रियाज रिजालमा मादल बजाउने अद्भूत क्षमता देखिएsf x’g\ . विभिन्न जातजाति संस्कृतिसँग जोडिएका तालहरु सहज ढंगले बजाउन सक्ने क्षमता छ उनमा ।

आमा कमला खनाल लामो समयदेखी सँगीत क्षेत्रमा आवद्ध रहेकाले पनि उनमा त्यो क्षमता रहेको भन्नेहरु धेरै छन् । जो कोही पनि उनले बजाएका मादलका ताल सुनेर लठ् बन्ने गर्दछन् । अधिकाश समय मादालमा रमाउन चाहाने उनी उत्तीकै मिठो गीत पनि गाउँछन् । भविष्यमा छोरालाई नेपाली सागेतिक क्षेत्रमा केही गरेको देख्ने उनको बुबा आमाको इच्छा छ । एक कार्यक्रममा रियाजले सबै दर्शकलाइ चकित बनाउने प्रस्तुति दिएका छन् ।