आफ्नै दिदी र भाई मिलेर ३२ बर्षिय राजुलाई मारे, इनारमा कुहिएको शब (भिडियो)

आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदि सहित अन्य २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुको प्रहरी टोलिले पक्राउ गरि कानुनी कठघरमा उभ्याउन सफल भएको छ । यहि माघ २१ गते दिउँसो भानु नगरपालिका-९ काउरेटारमा स्थानियको बारीमा सींचाईको लागि खनेको ईनार भित्र पुरुष व्यक्तीको शव सडीगली दुर्घन्दित अवस्थामा रहेको भन्ने जानकारी पश्चात खटिएको तनहुको प्रहरी टोलिले सोधपुछ तथा अनुसन्धान गर्दा मृतक सोहि स्थानका ३२ वर्षीय राजु बिक रहेको पुष्टि भएको थियो ।
मृतक राजु बि क को मृत्यु प्रकरण सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा यही माघ १२ गते उनकै दिदि मन कुमारी बिक लगायत सोहि स्थान बस्ने२४ वर्षीय आयुष विक र ३५ वर्षीया मन माया बिकले उनलाई कुटिपिट गरी नाम्लिले घटिमा बेरी उनको ह्त्या गरेको खुल्न आएको तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनु भएको छ । पक्राउ परेका उनिहरु उपर मुद्धा दर्त गरी थप अनुसन्धान समेत भईरहेको छ ।