प्रचण्डको बारेमा आयो यस्तो खबर , के प्रचण्ड अब प्रधानमन्त्री बन्दैन त ? (भिडियो सहित)

झापा दमक । जतिबेला तत्कालीन माओवादी केन्द्र र एमालेवीच पार्टी एकताको गृहकार्य भइरहेको थियो, त्यसबेला केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने चर्चा चलेको थियो । अढाइ/अढाइ वर्ष ओली/प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने चर्चा त्यसबेला खुबै चल्यो । विशेष गरी माओवादी कित्ताबाट यो विषयलाई बढी जोड दिइयो ।

अहिले केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्षसम्म आइपुग्दा ‘आलोपालो प्रधानमन्त्री’ को मुद्दा लगभग खारेज भएको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाटै पटक पटक दोहोर्‍याइसकेका छन् कि यो सरकार ५ वर्ष आरामले चल्छ । सरकार फेरिँदैन, बानी फेरौं ।तल भिडियोमा सम्पूर्ण जानकारी जस्ताको तस्तै हेर्नुहोला ।