लामो समय पश्चात नरेन्द्र प्यासीले ‘तिम्रो लागि’ सार्बजनिक गरे (भिडियो सहित)

ईटहरी/ नेपालि गीत संगीतको क्षेत्रमा लाखौ गीतहरु निर्माण भएका छन् । र यहि क्षेत्रका एक परिचित गायक हुन् नरेन्द्र प्यासी । केहि अघि उनले निक्कै हिट गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका छन् । पछिल्लो समय संगीत उधोगमा अलि हराएका प्यासी फेरी उदाउने क्रममा छन् । उनको आवाजमा सजीएको गीत ‘तिम्रो लागि’ को अफिसियल म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

संगीत क्षेत्रमा आफ्नो पाईलालाई अघि बढाउन दिनरात मेहनत गरिरहेका गीतकार रोहित घिमिरे यो गीतको भिडियोमा फिचर भएका छन् भने उनि संगै मोडलिङ्ग लाईनमा पाईला चाल्न रुचाउने सुन्दर शारीरिक बनावट भएकी र हसिलो मुहार भएकी दक्षिणा भट्टराईको अभिनय रहेको छ । भिडियोलाई ईटहरिमा रहेर मनोरन्जन मात्रको डिजिटल मिडिया संचालन गरिरहेका सुवास संकल्पले निर्देशन गरेका छन् । उनले यसअघि आधा दर्जन बढि भिडियो निर्देशन गरिसकेका छन् ।

संगै पुर्व ईटहरिबाट मोडलिङ्ग क्षेत्रमा आफ्नो करियर बनाउन लागिपरेका अनमोल खतिवडा पनि यो भिडियोमा फिचर छन् भने निर्देशकले पनि भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरेका छन् । परिकला मिडिया प्रालिबाट निर्मित यो भिडियो ईटहरि र आसपासका रमाईलो ठाउमा छायांकन गरिएको छ भने विवाहित महिलाको मोबाईल तथा फेसबुक क्रेज, बिन्दासपन र धोकेबाज शैलीलाई भिडियोमा उतारिएको छ ।

भिडियोलाई सुमन तामाङ्गले छायांकन तथा ड्रोन उडाएका छन् भने मार्टिना मेकअप स्टुडियोकि उर्बी श्रेष्ठको मेकअप रहेको भिडियोको गीतमा दुर्गा प्रसाद कडरियाको सब्द, चित्रलाल शर्माको संगीत रहेको छ भने पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् । गुन्जन रेकर्डिङ स्टुडियोमा तयार भएको गीतको भिडियो क्रियटिभ मोसन पिक्चर काठमाण्डौमा सम्पादन गरिएको हो ।

भिडियो हेर्नुहोस