पोखरामा अर्को लफडा : वडा सदस्यले घुस मागेको आरोप, एक अर्कोमा चर्काचर्की (स्थलगत रिपोर्ट)

जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधिले नै बिकास र्निमाणका कार्य रोक्न उद्धत हुने कुरा बिरलै हुन्छन । तर कास्कीको पोखरा महानगरपालिका वडा नं ५ सिमानामार्ग बासटारी धारापानी बाटो र्निमाणको कार्य रोक्न वडा अध्यक्ष धन बहादुर नेपाली र वडा सदस्य अन्जु के.सी कस्सीएर लागेको रहस्य बाहिरीएको छ । महानगरपालिका का प्राबिधिकले तयार पारेको लागत स्टीमेटका आधारमा पचास प्रतिशत महानगरको अनुदान शिर्षकमा र्निमाण संझौता भई बाटो र्निमाणको काम पनि अगाडी बढीसकेपछि वडाले हस्तक्षेप गरि र्निमाण कार्य रोकेको छ ।

महानगरपालिकोको लागत भन्दा बढी रकम खर्च गर्ने गरि काम र्निमाण भैसकेको अबस्थामा एकाएक वडाले र्निमाण कार्यमा रोक लगाउनु आश्चर्यको कुरा भएको बाटो उपभोत्ता समितिका अध्यक्ष युवराज खतिवडाले बताए ।आफुहरु पटक पटक महानगर र वडामा ताकेता गर्दा पनि वडाले आबस्यक समन्वय गर्नुको साटो कुनैपनि हालतमा र्निमाण अगाडी नबढाउनु भन्ने आदेश गरेपछि उपभोत्ता समस्यामा परेको उनले जानकारी दिए ।

उक्त क्षेत्र अहिलेसम्म महानगरपालिका भएपनि ओझेलमा पर्दे आएको र अहिले बाटो र्निमाण कार्य आरम्भ हुँदा स्थानिय खुशि भएपनि वडाले ब्यात्तीगत आग्रह राखेर र्निमाण रोकेको उपभोत्ता समितिका अध्यक्ष युवराज खतिवडाले आरोप लगाए । सोमबार उपभोत्ता र वडा अध्यक्ष तथा वडा सदस्य अन्जु के.सी सहितको संयुक्त छलफलमा वडाअध्यक्ष धनबहादुर नेपालीले बाटो र्निमाण कार्य अगाडी बढाउन आफुहरु सहमत नभएको स्पष्ट पारे । अध्यक्ष नेपालीले उपभोत्ता समिती परिबर्तन गरेर मात्र काम गर्ने पनि बताए । महानगरपालिकाको प्रबत्ता समेत रहेका नेपालीले युवराज खतिवडाको टिमलाई काम गर्न दिन आफु तयार नभएको जानकारी दिए ।