तितो यथार्थ बोकेको कथा (बधाई) ४० लाख प्रवासी नेपालीहरुको लागी (भिडियो)

एअरपोर्ट भित्र
कर्मचारी १ : सरले के के हात पार्नुभो त आज ?
कर्मचारी २ : आज खासै हात लागेन ! एउटी इजरेल बाट आकी नक्कलीले सुनको सिक्री ल्याकी रैछे आमालाई भनेर ! त्यही मात्र फुस्काइयो ! बुडी मक्ख पर्ने भई घरमा !
कर्मचारी १ : मेरो त झन बिजोग भो सर ! दुई बोतल ब्ल्याक लेभल र एउटा पुरानो ल्यापटप मात्र हात लाग्यो दिनभरीमा ! तर केही छैन अर्को दिन आइ हाल्छ ! ल्यापटप छोरो केटोलाई भइहाल्यो ! ब्ल्याकलेभल एउटा हाकिम साबलाई भेट चढाउँछु,अर्को आफै ढलाउँछु !

उनीहरूका कुरा सुनिरहेकी कर्मचारी ३: बधाई छ सरहरूलाई । जे पाउनु भएको छ ‘प्योर माल’ पाउनुभएको छ, शुद्ध पसीनाको कमाई । आफ्नो पसीना नभएर के भो त कसैको त हो नि ! पसीनाको कमाईका सामान उपभोग गर्न पाउनुको मज्जा नै छुट्टै छ । देशमा फट्याइँ गरेर कमाएको पैसाबाट आएको सामान भन्दा यी सामान धेरै ठीक सरहरू । फेरि पनि बधाई ।

बधाई यसकारण कि:

फेशबुकमा भेटेको सामाग्री !