प्रिय प्रचण्डपथ क्रान्तिकारी रातो सलाम ! प्रिय् प्रचण्डपथ पहिलो पटक प्रचण्डपथ छोड्दा रोएका थियौ कराएका थियौ तर सुन्ने मान्छे भएन।

टिकाराम वली,

प्रिय् प्रचण्डपथ आज तपाईं पुस्प कमल भै रहदा पनि देश भरी प्रचण्डपथको मसालहरु बलिरहेको छ। तोप र मिसाइल बोक्ने प्रचण्ड पथका राता सिपाहीहरु अहिले महान जनयुद्ध र प्रचण्डपथको दिसामा कम्मर कस्दै छन्। प्रिय् प्रचण्डपथ तपाईंका लडाकु कमान्डर देखी तपाईंका राजनीतिक सहपाठीहरु कोहि मन्त्री छन् कोहि सांसद कोहि राजदुत छन् । तर प्रिय् प्रचण्डपथले सिकाएको क्रान्तिकारी युवा कमरेड विप्लवले क्रान्तिकारी झन्डा देसैभरी गाडिएको छ। बादसाह विरुद्ध आवाज उठेको छ। हो प्रिय् प्रचण्ड पथ आज पहिले जस्तै घुस चलेको छ। कमिसन बढेको छ। महग गाडीहरू चढेका छन्। दुखित कमरेडहरुका मनमा चिसो पसेको छ ।

प्रिय् प्रचण्डपथ पहिलो पटक प्रचण्डपथ छोड्दा रोएका थियो कराएका थियो तर सुन्ने मान्छे भएन। त्यसपछि हामी आफै प्रचण्डपथ भएका छौ । माक्र्सवादी भएका छौ । माओवादी भएका छौ। थुप्रै युद्धकला युद्ध कथा पढ्ने अवसरहरु आए । साच्चिकै प्रिय् प्रचण्डपथ जिन्दगीमा पहिलो पटक बन्दुक र बम बोक्दा खुसीको कुनै सिमा थिएन । त्यसमाथि बर्गिय दस्तावेज र प्रचण्डपथ बाटो! दुख कष्टको बिचमा पनि सुन्दर लाग्थ्यो । तर के गर्नु साम्राज्यवादलाई त्यो मान्ने थिएन हामीलाई घेराभित्र कैद गरेर हामीले रगत बगाएर कमाएको प्रचण्डपथ छोड्नु पर्यो । सहिदका रगतले आर्जन गरेका हतियार बुझाउनु पर्दा सहिद परिवारका आँखाबाट आसु बगेको थियो सर्वहारा बर्गमा निराशा छाएको थियो ।हो प्रिय् प्रचण्डपथ तपाईंहरुले प्रचण्डपथको सिधाान्तले भात पाक्ने देख्नु भएन ? महगा गाडी,दरबार जस्ता घर र सेना पुलिस सहितको सुरुक्षा प्रचण्डपथबाट प्राप्त हुने संभावना नै थिएन । त्यसैले प्रचण्डपथ छोड्नु भयो ।

हामिलाई हेर्नुस् न १२ घन्टा काम गरेरपनि प्रचण्डपथ मै छौ । निकै ठुलो आसा अपेक्षा सहित हामीले प्रचण्डपथ देशको राजधानी काठमाडौ गएको खबरले निकै ठुलो छाती भएको महसुस गरेका थियो । तर केहि समयपछि त्यहाँका बुर्जुवाहरुको मुख्यालयमा चियापान संगै प्रचण्डपथ एकाएक हराएको खबर आयो हामी दुखित मात्र भएका थिएनौं हाम्रो सरिरमा भुकम्पले हल्लाएको जस्तै हल्लाई रह्यो । शासकहरु सिधिने भएपछि प्रचण्डपथलाई सिधाएर पुस्प कमल दाहाल बनाउने योजना सहित बुर्जुवाहरुको दरबारमा सबै योजनाका तानाबाना भए । साच्चिकै कमरेड प्रचण्डपथको इतिहास फर्किएर हेर्दा … कमरेडले प्रचण्डपथ हुनुपर्छ भन्नु भयो ।

रातिराती तालीम र यात्रा। दिन भरी दस्तावेज अध्यन सुतेको बेला पनि प्रचण्डपथ उठेको बेला पनि प्रचण्डपथ खाना खानेबेला पनि प्रचण्ड पथ बनाइयो । तानाशाहहरुको केन्द्र क्रान्तिकारीहरुको लालकिल्लामा रुपान्तरण भयो । साच्चिकै प्रिय् प्रचण्डपथ हामीले देखेको जनवाद, समाजवाद र साम्यवाद सहयात्री केहि छिन टुक्रा टुक्राभए । हजारौं योद्धाहरु हराए । अहिले फ़ेरि उदाएको छ। सडकमा कराएको छ ।फ़ेरि साम्यवादको सपना देख्दै छौ । प्रिय् प्रचण्डपथ हाम्रो बिचार, आस्था र सिद्धान्त भाचिएको छैन ।बरु सान लगाएर धारिलो बन्दै छ । प्रचण्डपथको अर्थ परिवर्तन हो भन्ने मैले बुझेको छु । तर प्रचण्डपथले हामिलाई चिन्न छोडेपछि अपेक्षाहरु थिएन तर पनि प्रस्नहरु गरिरहन मन लाग्छ ।

बाटो फरक रहेपनि प्रचण्डपथ प्रयोगमा सवाल उठ्न थाल्छ । साच्चिकै तपाईंहरुको मुल्य अनुसारको साम्राज्यवादी बाटो रोज्नु भयो नि ? प्रिय् प्रचण्डपथ इतिहासमा पहिलो पटक जनताको जनसत्ता जनताको जनसेना निर्माण गर्दै विकास भएको प्रचण्डपथ बिजयको झन्डा बोकेर उदाएकोमा सबैके गर्भ गरेका थियो ।तर उहि पुरानै हुकुमी तन्त्रमा रमाएपछी । फ़ेरि उत्पिड्नका जालोमा थुनिएका जनता जज्जिरहरु चुँडाल्दै मुक्तिको यात्रामा छौ ।

उहीँ टिकाराम वली पुर्ब जनमुक्ति सेना