गैडकोट १० नवलपुर मा दिपप्रज्वलन गरि जनयुद्द दिवस सम्पन्न

नवलपुर जिल्लाको गैंडाकोट १० संगमचोकमा २४ औ जनयुद्ध दिवस नेकपाको वडा कमिटीले दिप प्रजवलन गरेर भब्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेकपाका युवा नेता बि बि खरालको प्रमुख अतिथ्यममा भएको कार्यक्रममा नेकपाका दोय जिल्ला कमिटी नेता रामुकान्त अर्याल ,सानुकाजी डङ्गोल बिशेष अतिथि रहेको उक्त कार्यक्रम वडा सम्यन्त्रका माओवादी तर्फका संयोजक बेध प्रसाद कडेलले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष पुर्ब जनमुक्तिसेना नरेश काफ्लेले अध्यक्षता ग्रहण गरेका थिए ।

उक्त कार्यक्रममा मजदुर नेता अगन्धर लामिछाने ,नवराज ढलाल ,समयन्त्र सदस्य यदु निउरे ,सम्यन्त्र सदस्य डिल्लिराम रेग्मी ,मजदुर नेता डम्मबर आले र होमबहादुर गुरुङ सहितको अतिथि रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी युवा नेता बिबि खरालले कुनैपनी हालतमा एकता तुहिने छैन र यतिखेर एकता भाड्न देशी बिदेशी शक्तिहरु आगिपरेता पनि एकता अब कसैले भाड्न नसक्ने भन्दै नेकपाले जनयुद्ध मनाउछ कि नाइ भनेर हेरिरहेका देशिबिदेशी शक्तिहरु आज देश ब्यापी र बिदेश सम्ममा जनयुद्ध दिवस मनाएको देखेर बिपक्षिहरु र एकता बिरोधिहरु शक्तिहरु आतिएको नेता खरालले बताउदै जनयुद्ध बाट प्राप्त उपलब्धि लाई कसैले अब चाहेर पनि समाप्त पार्न नसक्ने भन्दै जनमुक्ति सेनाहरु र घाइतेहरु बेपत्ताहरुलाइ राज्यले सम्मान गर्नु पर्ने बताएका छन ।

त्यस्तै जिल्ला सदस्य नेता रामुकान्त अर्यालले अब देशमा समुन्नत समाजबाद र समृद्धि ल्याएर यो सरकारले देशको कायापलट गर्नेमा कुनै दुइमत छैन भन्दै केही बेर जनता धैर्य गर्नु पने बताएका थिए । त्यस्तै अर्का बिशेष अतिथी सानुकाजी डङ्गोलले जनमुक्ति सेना घाइतेहरुलाइ उचितरुपमा सम्मान गर्नु पर्ने बताउदै यो देशमा कसैले माओवादी आन्दोलन लाई कमजोर पार्न खोज्ने जुन षड्यन्त्र भैरहेको छ त्यो षड्यन्त्र लाई नेकपाले तुहाइदिने बताउदै अब देश कम्युनिस्टमय भैसकेको बताएका थिए ।

सभाको अध्यक्ष ग्रहण गरेका पुर्ब जनमुक्ति सेना नरेश काफ्लेले बर्तमान परिस्तिथी र जनयुद्ध एक रथला दुई पाङ्ग्रा भैसकेको बताउदै जनयुद्ध ले ल्याएको परिवर्तन को रक्षा गर्नु पर्ने चिन्ता लागेको बताउदै तमाम शहिदहरु प्रती उच्च सम्मान श्रद्धाञ्जली अर्पण गर्दै सरकारले तमाम जनयुद्धका सहिद परिवार ,घाइते र बेपत्ताको घरपरिवार लाई उचित छतिपुर्ती दिनु मर्ने माग राख्दै अग्योग सेनाहरुको मागलाइ राज्यले सम्बोधन गर्नु पर्ने बताए । सयौको सख्यामा उपस्तिथि रहेको दिप प्रज्वलन तथा २४ औ जनयुद्ध दिवस सम्पन्न वडा कमिटिले सम्पन्न गर्यो ।