अमेरिकामा नेपाली संचार माध्यम माथि छद्मभेषी नेपालीद्वारा सांगठनिक रूपमा आक्रमण, संचार माध्यम परिवार द्वारा घोर निन्दा

विजय थापा ,अमेरिकाको डीसी महानगर क्षेत्रबाट संचालित बिधुतिय पत्रिका ईनेप्लिज द्वारा सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका)मार्फत गरिने प्रत्यक्ष प्रसारण कार्यकमलाई अमेरिकामा रहेका छद्मभेषी नेपालीद्वारा कार्यक्रमलाई अवरोध तुल्याउने प्रयास गरिएको छ ।

नेपाली समुदायको गतिबिधि र कार्यक्रममा समर्पित समुदायमा आधारित उक्त संचार माध्यमको प्रख्यात कार्यक्रम ‘सच्चीको साथमा ‘नामक कार्यक्रमलाई आक्रमण गरिएको हो । यस प्रति उक्त संचार माध्यमको तर्फबाट यस्ता गतिविधिको घोर भर्त्सना गर्दै यस्ता तल्लो स्तरको हर्कत,काम कारवाही भबिष्यमा बिध्न वाधा नगर्न संलग्न हुने जो कोहीलाई चेतावनी दिएको छ ।

ईनेप्लिज परिवार द्वारा जारी छापा बिज्ञप्तिमा संचार माध्यमको ध्यानाकर्षण भएको जनाउदै नियतिपूर्ण गरिएको यस्ता घृणाजनक क्रियाकलापमा संलग्न नहुन र बिध्न बाधा नपुर्याउन यसै सूचना मार्फत ध्यानाकर्षण गराउन चाहन्छ भनेको छ । संचारकर्मी सच्ची मैनालीले संचालन गर्दै गरेको ‘सच्चीको साथमा’ नामक कार्यक्रमको बीच मै एनआरएनका अभियन्ताहरू संग अन्तर्वार्ता लिने क्रममा २ फरक तर एनआरएन अमेरिकाकै कार्यक्रममा ३ पटक सम्म अवरोध पारिएको थियो ।

समुदायमा काम गर्ने संचार माध्यममा यस्तो लज्जाजनक कुकृत्य गर्ने बिशेष गरि गैर आवासीय नेपाली संघका बिषयमा तितो र सत्य श्रवण गर्नै नसक्ने पदाधिकारीका झोला बोक्ने र भजन गाउने कार्यकर्ताहरूद्वारा यस्तो निकृष्ट हरकत गरिएको हो ।

सामाजिक संजाल फेसबुकलाई प्रत्यक्ष प्रसारण हुदा हुदै तत्कालै बेनामी रुपमा उक्त कार्यक्रम समुदायको बिपरित गएको उजुरी हाली यस्तो गरिएको प्रतिबेदन (रिपोर्ट) हामीलाई प्राप्त भएको छ ।

ईनेप्लिज कि आवासीय सम्पादक संचारकर्मी सच्ची मैनालीले किन लिईरहेका छैनन् आम एनआरएनले सदस्यता ? कसरी सम्बोधन गर्न सकिन्छ यसलाई ?
एनआरएन अमेरिकाको अबको आसन्न निर्वाचन निष्पक्ष हुन्छ भन्ने आधार छ ? भन्ने बिषयमा एनआरएनका अभियन्ताहरू र पत्रकारहरूसंग गरीएको अन्तरवार्ता सहितको प्रत्यक्ष प्रसारणलाई अवरोध गरिएको थियो ।

अन्तर्वाता कसरी समुदायको हित भन्दा तल्लो स्तर तथा बिपरित हुन सक्छ? जव कि ईनेप्लिज पूर्णरुपमा समुदाय कै लागि समर्पित छ ।

अन्तर्वार्ता लगत्तै मैनालीले आफ्नो व्यक्तिगत सामाजिक संजाल मार्फत धम्क्याउने र तल्लो स्तरको शब्द प्रयोग गरेर निचता प्रदर्शन गर्ने जो कोही ब्यक्ति र प्रवृत्तिहरु प्रति मेरो घोर आपत्ति भएको सार्वजनिक रुपमा बोलेकी थिइन् । उनले चेतावनी स्वरुप बेलैमा सम्हालिनु भनि चेतावनी दिएकी थिइन् ।

गैर मुनाफा सामाजिक संस्थाले अर्काको गोप्य सूचना सकलन गर्न पाइदैन र यो एक प्रकारको गैर कानुनि हो र संबेदनशील मानिन्छ । अमेरिकामा आइडेन्टिटि फ्रड र आइडेन्टिटि थेफ्ट भन्ने कुरा निकै गम्भीर बिषय हुन्छ । एउटा सामाजीक संस्थाले संकलन गरेको व्यक्तिगत डाटा प्रोपर डेटा कलेक्सन पोलिसी एण्ड प्रोटोकल (proper data collection policy & protocol) बिना संकलन भईरहेको छ । यहि कुरा उक्त कार्यक्रमबाट मैनालीले उठाउँदै आएकि थिईन ।

अमेरिकामा सर्वाधिक एनआरएन को अन्तरक्रिया गराउदै आएकी पत्रकार मैनालीले एनआरएन अमेरीकाको सदस्यता प्रकृयामा जटिल प्रावधान राखेको विषयमा एनआरएनका पदाधिकारी र सरोकारवालाहरुसंग प्रत्यक्ष कुराकानी गर्ने क्रममा अडको लगाउने प्रयास गरिएको थियो ।

यसै गरि यसै बिषयमा विभिन्न व्यक्तिहरु संग प्रत्यक्ष कुराकानी गर्दा एनआरएन अमेरिकाको कमी कमजोरी सबै ओकलेका छन् । यहाँ बिषयमा आफना फेसबुक स्टाटसमा लेख्नेहरूलाई एनआरएनका पदाधिकारीले धम्कि दिएको भनि सामाजिक संजालमा आएको छ । एनआरएन अमेरिका स्थापना काल देखि नै विवादै विवादमा छ र अझ पनि अल्झी रहेको छ भने मुद्धा पनि चलि रहेको अवस्था छ ।

मैनालीले एनआरएन सदस्यता विवादलाई सतह माथि ल्याई धेरैले यसको बिरुद्ध बोले पछि यस्ता आक्रमणहरू हुन थालेका हुन् ।

यसरी समुदायमा समर्पित पत्रिकाको कार्यकममा अवरोध गर्नु निकै निन्दनीय कुरा भएको ईनेप्लिजका सम्पादकले बताएका छन् । उनले यस बिषयमा सामाजिक संजालका प्रविधिका थुप्रै विशेषज्ञहरु संग सम्पर्क गरिरहेको जनाएका छन् । यस्ता हर्कत प्रति खेद प्रकट गर्दै समुदायको लागि समर्पित बिधुतिय पत्रिका मा आफ्नो कार्यक्रम नियमित आउने बताएका छन् । साथै सामाजिक संजाल मुहार पुस्तिकामा समूहले बनाएका संदेश अर्थात् म्यासेन्जर ग्रुपमा कुनै पनि समाचार राख्ने क्रममा यस्ता घटना देखिएकोले यस्ता समूह प्रति आशंका गरेको सम्पादक थापाले जनाएका छन् ।

राष्ट्रको तेश्रो अंग को रुपमा रहेका पत्रकार पेशामा संलग्न हामी निडर ,निस्पक्ष ,स्वतन्त्र भएर यस्ता संग मुकवाला गर्न तत्पर रहेका छौ भनि छापा बिज्ञप्तिमा जनाएका छन् ।

विजय थापा ,सम्पादक ,इनेप्लिज डटकम