उस्मानलाई पुरुषबाट नै यौन शोषण हिन्दु धर्म त्यागेर मुसलमान बनेपछि (भिडियोसहित)

भक्तपुर। जीवन सिलवाल अहिले समाजिक संजालमा यत्रतत्र छाएको नाम हो। पुरुष मार्फत पुरुष नै यौन शोषण भएको समाचार हामी कम मात्र सुन्न देख्न पाउछौ। यस्तै शोषणमा परेको व्यक्ति हुन् जीवन सिलवाल।
२०७४ साल माघ २८ गते एउटा समाचार छापियो ‘होमो सेक्सले प्रहरी हैरान’ शीर्षकमा । छापिएको समाचारले जीवन सिलवालको जीवनमा नसोचेको मोड आयो । समाचार छापिएको एक वर्षमा सिलवाल हिन्दु(वैष्णव) बाट मुस्लिम भइसकेका छन् भने दीपेन्द्र शाह नाम गरेका एक पुरुषको यौन दूर्व्यवहारमा परेका सिलवाल थप पीडामा परेको बताउँछन् । उनी आफू दुई पटक मरिसकेको बताउँछन् ।

उक्त समाचार पत्रपत्रिकामा आएपछि समाचार झुटो भएको भन्दै खण्डन छपाउन विभिन्न मिडिया हुँदै प्रेस काउन्सिलको ढोकामा पुगेका उनी प्रेस काउन्सिलकै अधिकारीबाट थप यौन शोषणमा परेको पीडा पोख्छन् । यतिमात्र होइन, उनको जीवन सुरक्षाको ठेक्का लिँदै ती व्यक्तिले सिलवाललाई आफ्नो कमजोर समयको फाइदा उठाएर धर्म परिवर्तनसमेत गर्न लगाएको सिलवालको आरोप छ ।

पेशाले सिलवाल एक भेटनरी प्राविधिक हुन् । सिलवालको अनुसार पत्रपत्रिकामा छापिएको उक्त समाचारले उनलाई तेस्रो लिंगीको रूपमा स्थापित गरिदियो । जसकारण उनलाई समाजमा बस्न सक्ने अवस्था भएन ।

सिलवालको घर गोदावारी नगरपालीका, लेले वडा नम्बर पाँचमा पर्छ । आफू ९ वर्षको हुँदा नै यौन दूर्व्यवहारमा परिसकेको उनी बताउँछन् । बेलाबेलामा उनको प्रेसर कम भइरहन्थ्यो । काम गर्ने क्रममा प्रेसर लो भइरहने हुँदा उनी प्रसर चेक गर्न लेलेस्थित हेल्थ पोष्टमा धाइरहन्थे । त्यहाँ उनको भेट हेल्थ पोष्टका इन्चार्ज दीपेन्द्र शाहसँग यो पटक अर्कै किसिमले भयो । जोसँग जीवनको सामान्य चिनजान थियो । शाहले सिलवाललाई नराम्रो रुपमा छुने अश्लिल कुरा गर्ने गर्थे ।

उनको हर्कत सिलवाललाई साथीभाइ सोचेर ख्यालठट्टा गरेको होलाजस्तो लाग्यो । एकदिन उनी प्रेसर जाँचकै लागि हेल्थ पोष्ट छिरे । अफिसमा दीपेन्द्र एक्लै थिए । ओपिडीभित्र पुगेपछि शाहले ढोका लगाए र आफू सिलवालप्रति शारीरिक रूपमा आकर्षित भएको बताए । शाहले आफूू श्रीमतीबाट असन्तुष्ट भएको र सिलवालसँग मुख मैथुन गर्न चाहेको प्रस्ताव राखे । जबरजस्ती लुुगा खोलेर शाहले सिलवाललाई मैथुन गर्न लगाए । सिलवालले प्रतिकार गरेपछि शाहले आफूलाई अधुरो नछोड्न बिन्ती गरे । शाहलाई त्यहीं मुखभरिको वचन दिएर सिलवाल त्यहाँबाट निस्किए ।

त्यहाँबाट निस्किएर बाहिर अन्य व्यक्तिसँग बुझ्न खोज्दा शाहले अन्य बालबालिकालाई पनि यौन दूर्व्यवहार गर्दै आएको र बच्चाहरू हेल्थ पोष्ट छेउछाउ जान डराउने गरेकोबारे सिलवालले थाहा पाए । यो सबै थाहा पाएपछि अब चुुपचाप बस्नु हुँदैन भनेर यो सबै कुरा उनले प्रहरी तुुलसीराम केसीलाई भने । गाउँका वडा अध्यक्षसँग नजिक रहेका दीपेन्द्रले सुरुमै वडाअध्यक्षसँग मिलेर आफूबारे नराम्रो प्रचार गरेको सिलवाल बताउँछन् । जसकारण प्रहरीले पनि उनको बयान सुन्न र बुझ्न मानेन ।

दीपेन्द्रले आफ्नो काम सफल बनाउन नसकेपछि सिलवाललार्ई बर्बाद पार्न गुण्डाको सहारा लिएको सिलवालले बताए । उनी मानसिक रुपमा विक्षिप्त भइसकेका थिए । त्यसको भोलिपल्ट जिल्ला जनस्वास्थ्यका प्रमुख झलक शर्मा पौडेललाई गएर सिलवालले सबै वृतान्त भने । पौडेलले अनुगमन टोली पठाएपछि शाहले बच्चाहरुलाई दूर्व्यवहार गरेको र उनीसँग बच्चा डराउने गरेको तथ्य पनि बाहिर आयो । अभिभावकले पनि यसबारे खुलेरै बोले । तर वडा अध्यक्षका परिवारले भने आफूलाई गाउँ समाजको अगाडि नराम्रो बनाउन खोजेको सिलवाल बताउँछन् । सारा गाउँको अघि दीपेन्द्रले अब यस्तो गर्दिन जागिर नखोस्नुस् भन्दै माफी मागे । सिलवालले पनि माफी दिए ।

तर यही कुरालाई अहिले वडा अध्यक्षका परिवारले दूष्प्रचार गरिरहेको र आफूूलाई समाजमा बस्न असहज भइरहेको सिलवाल बताउँछन् । उनको यही गलत दुष्प्रचार हुने क्रममा नै अन्नपूर्ण पोष्टमा ‘होमो सेक्सले प्रहरी हैरान’ भन्ने समाचार प्रकाशित गरेको सिलवालको ठहर छ ।

पत्रपत्रिकामा उक्त समाचार आएपछि न्याय माग्न उनी प्रेस काउन्सील पुगे । एक मिडियाले पुरुषबाट पुरूष बलात्कार भन्ने शिर्षकै बनाएर समाचार हाल्यो । जसले आफूलाई थप पीडामा पारेको बताउँछन् उनी । पत्रकारले पूरा कुरा नसुनेर नै अहिलेसम्म आफूले दुःख पाइरहेको उनको भनाइ छ ।

प्रेस काउन्सिलमा जाने क्रममा उनको भेट अनुुगमन अधिकृत रहमतुल्लाह मियासँग भयो । सिलवालको समस्यामा मियाले साथ दिन थाले । दुुईबीच कुराकानी बढ्न थाल्यो । बिस्तरै उनीहरूबीच सम्बन्ध झँगिदैं गयो । प्रेमी प्रेमिकाजस्तो आत्मिय सम्बन्धमा गाँसिए उनीहरू ।

रहमसँग उनी नजानिदों तवरमा प्रेममा पर्न थाले । उनका हरेक कुरा मान्न सिलवाललाई कुनै संकोच भएन । तसर्थ मियासँगको भेट पछि जीवनले नयाँ जीवन पाए । उनी जीवन सिलवालबाट उस्मान तुल्लाह मिया भए । काउन्सिलमा रहेको गोप्य कोठमा लगेर कल्मा पढाएर रहमले जीवनलाई इस्लाम बनाए । अहिले आएर आफू मानसिक रूपमा कमजोर भएको फाइदा रहमले उठाएको र आफूलाई हिन्दूूबाट मुस्लिम बनााएको जीवन बताउँछन् । यसअघि जीवन हिन्दू धर्ममा पनि वैष्णव थिए ।

मुस्लिम बनाउने समयमा रहमले जीवनको सुन्दर जीवन, रोजगारीको सुरक्षा, भविष्य र विवाह गराइदिने जिम्मासमेत लिएका थिए । गाउँघर, प्रहरी, छिमेकी सबैबाट लखेटिएको समयमा अहमलाई आफ्नो साहाराको रूपमा पाएका कारण आफूूले उनले भनेको सबै मानेको जीवन बताउँछन् । रहमतुल्लाह उनकोे लागि भरपर्दो व्यक्ति र सबथोक भइसकेका थिए ।

सम्बन्ध अझै नजिक हुन थाल्यो । जीवनले अहमलाई प्रेम गर्न थाले । दुवै रात दिन फोन र मेसेजमा कुुरा गर्थे । उनीहरूको सार्वधिक भेट काउन्सिलमै हुन्थ्यो । कार्यालयमा अरूलाई डिस्टर्ब हुनसक्छ बरु बाहिरै भेट्ने प्रस्ताव राख्दा पनि रहमले कुुनै समस्या नहुने भन्दै सिलवाललाई काउन्सिलको गोप्य कक्षमा भेट्थे । तर त्यो खुशी धेरै दिन टिक्न सकेन ।

रहमतुल्लाहकी श्रीमतीले उनीहरूको मेसेज देखिन् । अफिसमा पनि धेरैले कुुरा गर्न थालिसकेका थिए । त्यसपछि रहमतुल्लाह सतर्क हुुन थाले र उनको व्यवहारमा परिवर्तन आयो । उनले सिलवालललाई दबाएर राख्न खोजे तर जीवन दबिएर बस्न चाहेनन् । उनले रहमसँग आफ्नो हक माग्न थालेपछि उनी टाढिदैं जान थाले । जीवन पुनः डिप्रेसनमा पुगे ।

विस्तारै विस्तारै रहमले आफूबीचका मेसेज अफिसमा साथीलाई देखाउन थालेको र जीवन तेस्रो लिंगी भएको डंका फुक्न थालेको सिलवालले बताए । जसकारण दुईबीच मनोमुटाव भयो र सम्झाउन बुझाउन खोजे पनि कोही सम्झिन नचाहेको सिलवालको भनाइ छ । मिलापत्र गर्नका लागि त्यसपछि रहमले थुप्रै कागजात लिएर सिलवालसमक्ष आए । केहि समय अघि त उनले बहकाउमा परेर कति पत्रमा हस्ताक्षर पनि गरे। तर अब सिलवालले मानिरहेका छैनन् ।
बाँकी हेर्नुहोस् भिडियोमा :