बब्बाल प्रस्तुती जादुमय स्वरकी धनि समिक्षा अधिकारीको (भिडियो सहित)

नवौ पोखरा महोत्सवमा सहभागी हुन पोखराको अमरसिंह आइपुगेकी पछिल्लो समय लोकप्रिय कलाकार समिक्षा अधिकारीलाई सम्मान गरिएको छ । पोखरा महोत्सबमा उनलाई सम्मान गरिएको हो । महोत्सबमा उनले आफ्नो प्रस्तुती राखेकी थिईन् । त्यस्तै कार्यक्रममा गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला दिदीबहिनी आफ्नै कारणले गर्दा हिंसाको सिकार बन्नुपरेको वताइन । आफ्नो प्रस्तुती संगै वलीले महिला हिंसाका घटना घट्नुमा महिला दिदी बहिनीकै कमजोरी भएको र त्यो कमजोरी भनेको अध्ययनमा कमी हुनु रहेको वताइन ।

आफु हाल सम्म पनि अविवाहित रहेको र आफुलाई अहिले सम्म कोही कसैले पनि नकारात्मक दृष्टीले हेर्न नसकेको र त्यसको कारण आफु सक्षम भएको वताउदै वलीले दिदि बहिनीहरु अध्ययनलाई थाति राखेर बिबाह गर्न हतार हुदा पनि महिला दिदीबहिनीहरु माथी हिंसा हुने गरेकाले बिहेवारी भन्दापनि अध्ययनतर्फ दिदी बहिनीहरुले जोड दिनुपर्ने वताइन । वलीले बांझो खेतमा, तुलसी पुरमा लगायतका गीतहरु प्रस्तुत गरेकी थिइनभने प्रजापति पराजुली संग दोहोरी गाउदै बिहेमा भन्दापनि देश बिकासमै अगाडी वढ्ने चाहाना रहेको दोहोरी मार्फत बताइन ।

वली संगै मंगलबार महोत्सवमा प्रजापति पराजुली, कुमार पुन, जीवन दाहाल, जय कुमार परियार, शिव हरी ढुंगाना, निशा पोख्रेल र मीना श्रीष मगर लगायतको दोहोरी प्रस्तुती रहेको थियोभने हास्य कलाकार राजा राजारामले हास्य प्रहसन मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी संस्कृती तर्फ तरेली सांस्कृतीक परिवार र मिmं शिर्जनशील नेवा समाज दुलेगौडा तनहुको नेवारी संस्कृती झल्काउने धीमे र ट्याकटुके नाच प्रत्यक्ष प्रदर्शन गरिएको थियो । मंगलवार सांझ द एक्स ब्याण्ड र लोकल ब्याण्ड प्रोभर्सको प्रस्तुती रहेको महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

यतिबेला हामी तपाईलाई समिक्षा अधिकारीको प्रस्तुती प्रस्तुत गर्दैछौँ । हेर्नुहोस यो भिडियो