धुर्मुश सुन्तलीलाइ रंगशाला बनाउन मलेसियाबाट ३५ लाख रकम उठ्यो

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको लागी परेका धुर्मुस र सुन्तली सामाजिक संजाल मार्फत मलेशिया प्रोग्राम सफल भएको जानकारी गराएका छन् ।
धुर्मुसले भने : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामा रहनु भएका नेपाली दिदिबहिनी दाजुभाइ हरु बाट हामीले सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएका छौं। यहि अभियान लाई लिएर फेरि केहि समय पछि मलेसिया आउने निम्तो पनि पाएका छौं यसले हामिलाइ थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ कार्यक्रमबाट ३५ लाख ७१ हजार सहयोग उठेको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ मलेसियामा सम्पन्न कार्यक्रमबाट उक्त रकम उठेको सिताराम कटेल धुर्मुशले बताएका छन ।

मलेसियाको शहरमा भएको कार्यक्रम अत्यन्तै सानदार ढंगले सफल भएको धुर्मुशले बताएका छ । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन लिनुका साथै ३ वटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई स्वःस्पूर्त सहयोग गरेको उनले बताएका छन्।

सिताराम कटेलले भनेका छन, ‘स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं ।’

हेर्नुहोस धुर्मुसको स्टाटस जस्ताको तस्तै :

‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मलेसियाबाट जुट्यो ३५ लाख ७१ हजार सहयोग
सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफुले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।

कार्यक्रम स्थलबाट हामीलाई नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको छ ।

मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी निकै धेरै हर्षित भएका छौं । त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिनुभएको निम्तोले झनै बढी हर्षित भएका छौं । आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौं ।

स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं । साथै मलेसियाको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई धेरै धेरै धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’