जनतालाई कोदालो खनाउने की डोजरको मालिक बनाउने ?

मिन बहादुर पण्डित,

एक करोड भन्दा तलका आयोजनामा डोजर प्रयोग नगरी मज़दूर प्रयोग गर्ने निर्णय संसार कै नं 1 stupid आइडिया हो । कीनकी मज़दूर लगाएर विकास निर्माण गर्दा एक महीनामा सकिने काम ४ महीनामा पनी सकिदैंन ।

आजको आधुनिक जमानामा मज़दूरले काम गर्ने की मेसिनले ? मज़दूरले काम गर्दा विकास निर्माण ढीला भएर हुने नुक्सान झन धेरै हुनेछ । त्यो भन्दा नी ठूलो नुक़्सान आयोजना ढीला हुँदा बजार भाऊ बडेर आयोजनाको लागत बडदा हुनेछ । ज़ुन काम मेसिनले काम गर्न सक्दैन त्यो काम मात्र मज़दूरले गर्ने हो । उशो भए त खेत त्याक्टरले जोत्नुको सट्टा धेरै जना मज़दूर लगाएर खनाउनु । अनी बसले यात्रु बोक्नु सट्टा मज़दूर लगाएर रिक्सामा यात्रु ओसार्नू, ट्रकमा सामान बोक्नु सट्टा गाड़ामा सामान ओसार्नु, यसो गरे पक्कै पनी धेरैले रोज़गारी पाउने छन ।

त्यस कारण क़ुन क्षेत्रमा र कसरि रोज़गारी बड़ाऊने भन्ने ज्ञान नभई हचूवा निर्णयले देसमा रोज़गारी र बिकास आऊदैन । आजको आधुनिक ज़मानामा मांछेलाई कोदालो खनाएर उसको आर्थिक विकास होला र ? अर्कों कुरा विकास निर्माणमा प्रबीधि प्रयोग गर्नेकी मज़दूर ? रोज़गारी कोदालो खान्नमा होईन औद्योगिक उत्पादन र सेवामुखी क्षेत्रमा हुनु पर्दछ ।

हैट सरकार चलाउनेहरूको बुद्दी र बीबेक त मान्नै पर्छ । कोदालो खनाएर मज़दूरको पेट त भरीएला, तर उसको जीवन स्तरमा आमूल परिवर्तक आऊँदैन । त्यस कारण जनतालाई कोदालो खनाउने की डोजरको मालिक बनाउने भन्ने कुरा त सरकारको नीतिमा भर पर्दछ । बाक़ी बिज्ञ र बौदिक जगतले मूल्यांकन गर्ने कुरा हो ।